Samriddhipost
२०८२ जेठ १२ गते सोमबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ जेठ ११ गते आइतबार

बनकट्टामा स्वस्तिक अस्पताल धनगढीको बृहत निशुल्क स्वास्थ्य शिविर, ४ सय ४६ जनाले लिए विषेशज्ञ सेवा

अम्बा दत्त तिवारी

सिविरमा लौरो टेकेर आएकी ८० वर्षिया घुलिया चौधरी असाध्य खुसी थिईन । आर्थिक अवस्था कमजोर रहेको र जीवनको उत्तरार्धमा रहेको स्वास्थ्यका कारण अस्पताल जान नसकेकी चौधरीले निशुल्क उपचार पाएपछि यस्तो खुसी ब्यक्त गरेकी हुन । औषधी पनि निशुल्क पाएपछि त उनमा खुसीको सीमा थिएन । 
घुलिया चौधरी मात्र होईन, निशुल्क स्वास्थ्य शिविरमा  ७८ वर्षका विपत् राम चौधरीले पनि निशुल्क उपचार पाए । हाडजोर्नी सम्बन्धि विरामी रहेका उनलाई विषेशज्ञ चिकित्सकले चेकजाँच गरी औषधी दिएपछि उनको पनि खुसीको सीमा थिएन । ‘हात खुट्टा दुख्छ,  अस्पताल जान सकिदैन, कैलारी गाँउपालिका र स्वस्तिक अस्पतालले गरेको स्वास्थ्य शिविरले धेरैलाई फाईदा भएको छ, म पनि खुसी छु’ उनले भने । 
शनिबार स्वस्तिक अस्पताल धनगढी र कैलारी गाँउपालिकाको आयोजना तथा नवजीवन सेवा संघकोे साझेदारीमा कैलारी गाँउपालिका वडा नम्बर ६ बनकट्टामा रहेको जानकी माध्यमिक बिद्यालयको परिषरमा निशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको हो । शिविरमा ४ सय ४६ जनाले स्वास्थ्य सेवा लिएको अस्पतालका अध्यक्ष दिपेन्द्र प्रसाद तिवारीले बताए ।
जानकी माध्यमिक बिद्यालय परिषरमा सञ्चालन गरिएको उक्त निशुल्क स्वास्थ्य सिविरमा जनरल फिजिसियन डाक्टर सुनील पाण्डे, हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर ईन्द्र बहादुर शाह शाहु, नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर प्रशान्त भुट्ट र जनरल ल्याप्रोस्कोपिक सर्जन डाक्टर राजीव चौधरी, मिर्गाैला तथा मुत्र रोग प्रणाली रोग विशेषज्ञ डाक्टर जोनस तिवारी र मेडिकल अधिकृत द्धय डाक्टर मधु स्वपना र डाक्टर सञ्जय विक्रम चौधरीले चेकजाँच गरेका थिए । 
गाउँमा विषेशज्ञ सेवा लिन पाएकोमा ७० वर्षिय प्रदेशी चौधरीले खुसी ब्यक्त गरेका थिए । ‘गाउँमा धेरै विरामीहरु आर्थिक अवस्था कमजोर भएकाले अस्पतालसम्म पुग्न सक्दैनन, यसरी गाउँमा विशेषज्ञ सेवा पाउदा खुसी लागेको छ’ उनले भने ।
निशुल्क शिविरमा सेवा लिएकी बनकट्टाकी ६० वर्षिय पुनि देवी जाग्रीले अस्पतालको टिम र कैलारी गाँउपालिकालाई धन्यवाद दिईन । ‘अस्पतालमा जान स्वास्थ्यले साथ दिदैन, गाउँमै डाक्टर आएर औषधी दिए, खुसी भएकी छु’ उनले भनिन ।
कैलारी गाँउपालिका वडा नं. ६ का वडा अध्यक्ष प्रेम बहादुर चौधरीले शिविरको उद्घाटन गरेका थिए । उनले निशुल्क स्वास्थ्य शिविर माफर्त स्थानिय वडाबासीले स्वास्थ्य सेवा लिन पाएकोमा खुशी ब्यक्त गरे । उदघाटन कार्यक्रममा स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटि अस्पताल धनगढीका अध्यक्ष दिपेन्द्र प्रसाद तिवारीले उच्चतम प्रविधि सहितको स्वस्तिक अस्पतालले विशेषज्ञ डाक्टर मार्फत गुणस्तरीय स्वास्थ्य सेवा दिन र स्वास्थ्यमा सवैको पहुच पुगाउन निशुल्क स्वास्थ्य सिविर अभियान सञ्चालन गरेको बताए ।
कैलारी गाँउपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेश कुमार चौधरीले स्वस्तिक अस्पताल संगको सहकार्य तथा समन्वयमा २ दिने बृहत निशुल्क स्वास्थ्य शिविरको आयोजना गर्ने कार्यक्रम अनुसार पहिलो चरणमा कैलारी गाँउपालिका वडा नं. ६ को जानकी माध्यमिक बिद्यालय परिसरमा गरको दोश्रो चरणमा जेठ १७ गते शनिवार का दिन कैलारी गाँउपालिका वडा नं. १ को दिपेन्द्र माध्यमिक बिद्यालय परिसरमा आयोजना गरिने बताए ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>