कैलालीकी एक १४ वर्षीया किशोरमाथि कञ्चनपुरमा सामूहिक बलात्कार गरिएको छ ।
कैलालीको गोदावरी नगरपालिकाकी ती किशोरी २ जेठमा गोदावरीबाट बिहेमा रैकबार आएकी थिइन् । त्यसैबेला केही युवकले बन्धक बनाएर बलात्कार गरेको प्रहरीलाइृ उनले बताएकी छन् ।
कञ्चनपुरको कृष्णपुर नगरपालिका–७, रैकवारमा सामूहिक बलात्कार भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक राजेश बस्नेतले बताए । उनका अनुसार बलात्कार आरोपमा कृष्णपुर नगरपालिका–७ कै एक युवक पक्राउ परेका छन् ।
पीडित किशोरीले आफूमाथि ५ जनाले बलात्कार गरेको बताएकी प्रहरीको भनाई छ ।
प्रहरीलाई जेठ १० गते घटनाबारे जानकारी आएको थियो । नाम खुलेका ३ र अन्य २ जना अपरिचित युवकले बलात्कार गरेको उजुरी आएपछि घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
किशोरी बेपत्ता भएपछि खोज्दै जाँदा परिवारले रैकबारमा भेटाएको प्रहरीले जनाएको छ ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया