Samriddhipost
२०८२ जेठ १५ गते बिहिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ जेठ १३ गते मङ्गलबार

जीप दुर्घटनामा कार्यालय प्रमुख सहित तीन जनाको मृत्यु

बाजुरामा नेपाल टेलिकमको जिप दुर्घटना हुँदा प्रमुखसहित तीन जनाको मृत्यु भएको छ। जगन्नाथ गाउँपालिका - २ को काँडाकोटमा मंगलबार बिहान साढे ९ बजे नेपाल टेलिकमको बा ५ च २२०९ नम्बरको जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं एसएसपी प्रकाश मल्लले दुर्घटनामा नेपाल टेलिकम बाजुराका प्रमुख लोकबहादुर खड्का, चालक नन्दराम महता र जीपमा सवार रविन्द्र धामीको मृत्यु भएको जानकारी दिए।

उनका अनुसार तीनै जनाको घटनास्थलमा मृत्यु भएको हो भने जिपमा सवार अन्य दुई जना घाइते भएका छन, । घाइते हुनेमा नन्दराम तिरुवा र लोकेन्द्र तिरुवा रहेका छन्। टेलिकमको जिप टावर मर्मतका लागि अत्तरियाबाट बाजुरा जान लागेकोमा घटना भएको हो।

जिव मार्फत पिलुचौर बाट काँडाकोट रहेको टेलिकमको टावरमा ब्याट्री जोड्न भनी गएका टेलिकम बाजुराका प्रमुख लोक बहादुर खड्का सवार गाडी दुर्घटना भएको छ ।

यसैगरी, कैलालीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ।कैलालीको घोडाघोडी नगरपालिका–३ निम्दी स्थित सुदूरपश्चिम प्रदेश ०१–००९ प ८४५२ नम्बरको मोटरसाइकलको ठक्करबाट सोही ठाउँ बस्ने पैदल यात्री ५५ वर्षीय मानबहादुर चौधरीको मृत्यु भएको हो।

मोटरसाइकलले सोमवार साँझ चौधरीलाई ठक्कर दिदा चौधरी गम्भिर घाईते भएका थिए। उपचारको लागि घोडाघोडी अस्पताल सुखड लगिएकोमा उपचारको क्रममा चौधरीको ८ः४५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

मोटरसाइकल चालक घोडाघोडी नगरपालिका–७ बस्ने २५ वर्षीय भरतबहादुर बम घाईते भएका छन्। घाईते बमको घोडाघोडी अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ।

मोटरसाइकल र पछाडी सवार सोही सोही ठाउँ बस्ने २४ वर्षीय लक्ष्मणबहादुर सिमलालाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>