दार्चुलाको अपिहिमाल बेसक्याम्पमा जेठ १६ गतेबाट सञ्चालन हुने योग ध्यान शिविर तथा अपि काव्य गोष्ठीको लागि काठमाडौँबाट योग प्रशिक्षक सिमोन न्यौपाने लगायत १२ जनाको टोली अपिहिमाल आइपुगेको छ ।
शिविरमा सहभागीता जनाउन काठमाडौँबाट हिडेको टोलीलाई हिजो नौपाटा होमस्टेमा स्वागत गरिएको गाउँपालिका अध्यक्ष भक्त सिंह ठेकरे बोहराले जानकारी दिनुभयो । त्यस्तै नौपाटा होमस्टेबाट आज बिहानै हिडेको टोली आज साझ सिती होमस्टेमा बास बस्ने उहाँले बताउनुभयो ।
टोलीमा प्रशिक्षकहरुसंगै पतञ्जली योग समिति दार्चुला, गाउँपालिकाको टिम लगायतको सहभागिता रहेको छ । जेठ १६ गते विहान १० बजेबाट योग ध्यान शिविर तथा अपि काव्य गोष्ठी सञ्चालन हुनेछ ।
योग शिविरमा योग गुरु सिमोन न्यौपानेले शिविरमा सहभागीहरुलाई योगाभ्यास गराउने बताइएको छ । शिविरका अवसरमा “स्वस्थ जीवन, खुशी जीवन र क्षमतावृद्धि” विषयमा विशेष सत्र पनि सञ्चालन गरिनेछ, जसमा नेपाल सरकारका सह–सचिव राजन पौडेल, योग प्रशिक्षक सिमोन न्यौपाने र अपिहिमाल गाउँपालिका अध्यक्ष भक्त सिंह ठेकरे बोहराले संयुक्त रूपमा सहजीकरण गर्ने कार्यसूची रहेको छ ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया