खडक बहादुर काेली
महाकाली साहित्य सङ्गम कञ्चनपुरले सुदूरपश्चिमका चाडपर्व संरक्षण एवं पुस्तान्तरण कार्यक्रम बुधबार सम्पन्न गरेकाेको छ। सुदूरपश्चिमका चाडपर्वको परिचय, गरिने क्रियाकलाप तथा आगामी पुस्तान्तरण, पर्व मनाउने, उत्प्रेरणा जगाउने उद्देश्यले कार्यक्रम गरिएकाे कार्यक्रमका सभाध्यक्ष तथा महाकाली साहित्य सङ्गम कञ्चनपुरका अध्यक्ष हरिश प्रसाद जोशीले जानकारी दिएका छन्।
महाकाली साहित्य सङ्गम केन्द्रीय कार्यालय कञ्चनपुरकाे आयोजनामा गरेकाे कार्यक्रममा समाजिक विकास कार्यालय कञ्चनपुरकाे प्रवर्धक तथा मर्निङ ग्लोरी सेकेन्डरी स्कुलको सहकार्यमा भएको कार्यक्रममा सुदूरपश्चिममा मनाइने चाडपर्वको परिचय, गरिने क्रियाकलाप तथा अगामी पुस्तान्तरण पर्व मनाउने ,उत्प्रेरणा जगाउने उद्देश्यका विद्यार्थीहरूलाई प्रशिक्षण पुष्प मणी जोशीले दिएका कार्यक्रमको प्रमुख अतिथि मर्निङ ग्लोरी स्कुलका अध्यक्ष केशव चन्द रहेका थिए ।
उनले सुदूरपश्चिममा मनाइने चाड पर्वहरू युवाहरूमा हस्तान्तरण गर्नुपर्ने आजको आवश्यकता भएकोले युवा पिढीमा जनचेतना जगाइ हस्तान्तरण गरिनुपर्नेमा जोड दिएका छन्। विशिष्ट अतिथिमा प्रा .डा. मुकुन्द कलौनी, पन्चमराज भट्ट र बाल कुमारी हमाल र चन्द्र गिरी रहेका थिए। कार्यक्रममा बाँसुरी, बादल ,सम्झ्याबाली, गायन, सुदुर तथा स्थानीय भाषाको प्रस्तुति जस्ता मनोरञ्जनात्मक कार्यक्रम गरिएको संगमका अध्यक्ष हरिप्रसाद जोशीले बताए उक्त कार्यक्रममा स्वागत मन्तव्य मर्निङ ग्लोरीका संयोजक पृथ्वीराज भट्टले गरेका थिए भने सुदूरपश्चिममा मनाइने चाडपर्वको परिचय, गरिने क्रियाकलापकाे बारेमा पुष्पमणी जोशीले जनकारी दिएका थिए भने कार्यक्रमको सञ्चालन सचिव बशीधर जोशीले गरेका थिए।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया