Samriddhipost
२०८२ जेठ १६ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ जेठ १५ गते बिहिबार

महेन्द्रनगरमा गणतन्त्र दिवसको अवसरमा वृक्षारोपण

 धर्मा रोकाया

कञ्चनपुरमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी गणतन्त्र दिवस  भव्यता र हर्षोल्लासका साथ मनाइँदैछ । १८ औं गणतन्त्र दिवसको अवसरमा प्रेस चौतारी नेपाल कञ्चनपुरले महेन्द्रनगरमाले वृक्षारोपण गरेको छ । बिहिवार महेन्द्रनगर स्थित इको पार्कमा प्रेस चौतारी नेपाल कञ्चनपुरले विभिन्न प्रजातिका बोटविरुवा रोप्दै गणतन्त्र दिवस मनाएको हो । 
प्रेस चौतारी नेपाल कञ्चनपुरका अध्यक्ष मदन गिरीले गणतन्त्र दिवसको अवसर पारी इको पार्कमा वृक्षारोपण गरिएको बताए । 
पछिल्लो समय गणतन्त्रलाई उल्टाउँने कुचेष्टा भइरहेकाले त्यसको प्रतिकार स्वरुप आम जनमानसले गणतन्त्र दिवसलाई उत्सवका रुपमा मनाउनुपर्ने प्रेस चौतारी नेपाल कञ्चनपुरका अध्यक्ष गिरीले बताए । गणतन्त्रका उपलब्धिहरुलाई आम जनमानसमा जगजाहेर गर्दे सुनौलो गणतन्त्रका किरणहरुलाई कमलको माध्यमबाट आम जनमानस सम्म पु¥याउन प्रेस चौतारी नेपालले कार्यक्रमको आयोजना गर्दे आएको अध्यक्ष गिरीले बताए । 
वृक्षारोपण कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य श्याम भट्ट , केन्द्रिय सदस्य देवराज साउद, केन्द्रिय सदस्य धर्मा रोकाया, प्रदेश कोषाध्यक्ष लक्ष्मण पन्त, नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुर अध्यक्ष सुरेश सिह धामी , कोषाध्यक्ष मोहन बिष्ट, प्रेस चौतारी नेपाल कञ्चनपुर जिल्ला उपाध्यक्ष  भुपाल केसी, सचीव   धन बहादुर बोहरा लगायत पत्रकारहरुको उपस्थित गरेको थियो । 
यस्तै, वृक्षारोपण कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य नर बहादुर धामी, नेकपा एमाले केन्द्रिय सल्लाहकार परिषद् सदस्य दिपक प्रकाश भट्ट , प्रदेश कमिटी उपसचिव नर बहादुर विश्वकर्मा, प्रदेश कमिटी सदस्य महेश प्रसाद पन्त , प्रदेश कमिटी सदस्य लक्ष्मी बिक, जिल्ला उपाध्यक्ष जनक अवस्थी, जिल्ला उपसचिव असोक चन्द, भीमदत्त वडा १८ का अध्यक्ष रबिन्द्र देवकोटा, दोधारा चादनी वडा नम्बर ६ का अध्यक्ष ओम बस्नेत लगायत नेताकार्यकर्ताहरुको उपस्थितमा भव्यतापुर्वक वृक्षरोपण गर्दै गणतन्त्र दिवस मनाइएको प्रेस चौतारी नेपाल कञ्चनपुरका उपाध्यक्ष भुपाल केसीले बताए ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>