Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ जेठ १५ गते बिहिबार

न्यायालयको इतिहासमा कलङ्कको रूपमा दर्ज भएको छ : नारायणकाजी श्रेष्ठ

नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अदालतको फैसलामाथि गम्भीर टिप्पणी गरेका छन् । 
जनकपुर उच्च अदालतको वीरगन्ज इजलासले बुधबार कांग्रेस नेता मोहम्मद अफताव आलमसहितलाई सफाइ दिनेगरी भएको फैसलालाई न्यायलयको इतिहासमै कलंक भन्दै टिप्पणी गरेका छन् ।
“हिजो जनकपुर उच्च अदालतको वीरगन्ज इजलासले इट्टाभट्टामा जिउँदो मानिस जलाउने अभियोगमा जिल्ला अदालतबाट जन्मकैदको सजाय पाई जेलमा रहेका अफताव आलमलगायत व्यक्तिहरूलाई सफाइ दिँदै रिहा गर्न गरेको निर्णय नेपालको न्यायालयको इतिहासमा कलंकका रूपमा दर्ज भएको छ,” श्रेष्ठले सामाजिक सञ्जाल एक्समा लेखेका छन् । 
उक्त फैसला गर्ने न्यायाधीशहरूलाई नेपाली जनताले कहिल्यै नर्बिसने पनि उनले जनाएका छन् । उनले भनेका छन्, “कलंकको कालो टीका लगाएर कालो दिनमा परिणत गर्ने ‘बहादुर’ न्यायाधीशहरूलाई नेपाली जनताले कहिल्यै बिर्सने छैनन् ।” 
त्यस्ता अपराधमा संलग्न व्यक्तिहरू समाजमा ‘निर्दोष’ बन्दै हिँड्ने स्थितिले समाजमा र आमनागरिकमा कस्तो कहालीलाग्दो स्थिति उत्पन्न गर्नेछ ? भन्दै उनले प्रश्न समेत गरेका छन् । 
“यसको जिम्मेवारी कसले लिने ? तसर्थ सबै क्षेत्रमा व्यापक कारबाही, रूपान्तरण र सुधारको निम्ति ठूलो जनअभियान सञ्चालन गर्नु जरुरी छ,” उनले भनेका छन् । 

 

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>