Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ जेठ १८ गते आइतबार

राष्ट्रिय क्रिकेट टोली छनोटका लागी सुदुरपश्चिमको टोली चयन

एसिसी पुरुष यु–१६ इस्ट जोन कप–२०२५ को छनोटका लागि सञ्चालन हुने राष्ट्रिय प्रतियोगिताका लागि सुदूरपश्चिमको टोली घोषणा गरिएको छ। 
सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका सचिव लक्ष्मणदत्त भट्टका अनुसार सचिन भट्टको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरिएको हो। टोलीको उपकप्तानमा अविरल विक तथा सदस्यहरुमा भास्कर जोशी, हिमाल दौल्याल, रविन भण्डारी, आहन थलाल, रवि दमाई, विक्रम बोहरा, लोकेश चन्द, सुवोध तिवारी, राहुल साउद, सुशील रावल, रितेश विष्ट र आयुष चन्द रहेका छन्। 

यस्तै वैकल्पिक  खेलाडीमा रुद्रप्रसाद आचार्य, धु्रव लुहार, महेश देउवा र शङ्कर बोहरा रहेका छन्। हालै सम्पन्न प्रदेशस्तरीय छनोटमा  उत्कृष्ट प्रर्दशन गरेका खेलाडीलाई टोलीमा समोवश गरिएको हो। प्रदेशस्तरीय छनोट प्रतियोगिता गत वैशाख २६ गतेदेखि बैतडीको दशरथचन्द क्रिकेट रङ्गशाला र कैलालीको फाप्ला क्रिकेट मैदानमा सञ्चालन भएको थियो। प्रतियोगितामा प्रदेशका ८ जिल्लाका टोली सहभागी थिए । यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता कर्णाली प्रदेशको सुर्खेतमा यही जेठ १९ गतेदेखि सुरु हुँदैछ। 

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>