Samriddhipost
२०८२ जेठ १९ गते सोमबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ जेठ १८ गते आइतबार

कैलारी गाँउपालिका र स्वस्तिक अस्पताल धनगढीको बृहत निशुल्क स्वास्थ्य शिविरमा ५ सय ६६ जना स्थानियले विशेषज्ञ सेवा लिए

स्वस्तिक अस्पताल प्रा. ली. धनगढी र कैलारी गाँउपालिकाको आयोजना तथा नवजीवन सेवा संघकोे साझेदारीमा कैलारी गाँउपालिका वडा नम्बर १ हसुलियामा रहेको दिपेन्द्र माध्यमिक बिद्यालयको परिषरमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरिएको छ । शिविरमा ५ सय ६६ जनाले स्वास्थ्य सेवा लिएका थिए ।
शनिवार आयोजना गरिएको उक्त निशुल्क स्वास्थ्य सिविरमा जनरल कन्सलटेन्ट फिजिसियन डाक्टर सुनील पाण्डे, मेरुदण्ड तथा हाडजोर्नी रोग विशेषज्ञ डाक्टर उत्सव श्रेष्ठ र जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर राजीव चौधरी र मेडिकल अधिकृत द्धय डाक्टर सञ्जय विक्रम ठगुन्ना, डाक्टर मधु स्वपनाले चेकजाँच गरेका थिए ।
निशुल्क शिविरमा सेवा हसुलिया ९० वर्षिय जनजिरु चौधरीले अस्पतालको टिम र कैलारी गाँउपालिकालाई धन्यवाद दिए । ‘ उमेर पनि धेरै भयो अस्पताल पनि जान सकेको थिएन, गाउँमै डाक्टर आएर औषधी दिए, खुसी भएको छु’ उनले भने ।
उक्त सिविरको उदघाटन कार्यक्रमको अध्यक्षता कैलारी गाँउपालिका वडा नम्बर–३ का वडा अध्यक्ष तथा सामाजिक विकास समिति संयोजक सन्त राम चौधरीले गर्नु भएको थियो । कैलारी गाँउपालिकाका उपाध्यक्ष भगवती कुमारी चौधरी प्रमुख अतिथि रहनु भएको थियो । उनले उदघाटन कार्यक्रममा बोल्दै “निशुल्क स्वास्थ्य शिविर मार्फत स्थानियबासीले स्वास्थ्य सेवा लिन पाएकोमा खुशी ब्यक्त गर्नु भयो ।” उदघाटन कार्यक्रममा स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटि अस्पताल प्रा.ली. धनगढीका अध्यक्ष दिपेन्द्र प्रसाद तिवारी विशिष्ट अतिथि रहेका थिए । उनले मानव स्वास्थ्यमा आउने हरेक समस्याको समाधानका लागी उच्चतम प्रविधि तथा गुणस्तरिय सेवा दिने उद्देश्य रहेको बताए । स्वस्तिक अस्पतालले विशेषज्ञ डाक्टर सहित स्वास्थ्यमा सवैको पहुच पुगाउन निशुल्क स्वास्थ्य सिविर अभियान सञ्चालन गरेको बताए ।
कैलारी गाँउपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेश कुमार चौधरीले स्वस्तिक अस्पताल संगको सहकार्य तथा समन्वयमा २ दिने बृहत निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको बताए । पहिलो चरणमा कैलारी गाँउपालिका वडा नं. ६ को जानकी माध्यमिक बिद्यालय परिसरमा गरेको र दोश्रो चरणमा जेठ १७ गते शनिवारका दिन कैलारी गाँउपालिका वडा नं. १ को दिपेन्द्र माध्यमिक बिद्यालय परिसरमा निशुल्क स्वास्थ्य सिविर सम्पन्न गरेको बताए ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>