दलित अधिकार एकता सञ्जालको आयोजनामा बझाङको चैनपुरमा जातीय भेदभाव तथा छुवाछुत विरुद्ध वृहत जागरण सभा आयोजना हुने भएको छ ।
जिल्लाका दलित समुदायहरुले संविधानमा उल्लेख भए अनुसारका हक अधिकारमा यहाँका स्थानीय तहदेखि राज्य संयन्त्रले बन्चित गरेको भन्दै दलित समुदायको आम सहभागितामा जागरण सभाको आयोजना गरिन लागेको दलित अधिकार एकता सञ्जाल बझाङका प्रवक्ता उपेन्द्र बहादुर आग्रीले जानकारी दिए ।
संविधानमै उल्लेख गरिएका अधिकार पनि प्रत्येक्ष अनुभुति गर्न नपाएकोले यसका विरुद्ध बझाङका दलित समुदायहरु एकजुट गराउन पहिलोपटक जागरण सभा गर्न लागिएको हो । शिक्षा र जनचेतनाको विकास भएसँगै बझाङ जिल्लामा समेत दलित समुदाय अहिले आफ्ना हक र अधिकारको खोजी गर्दै आवाज उठाउन अग्रसर भएका छन् ।
दलित समुदायको अधिकारका लागि र आन्दोलनलाई बलियो बनाउन अहिले विभिन्न जिल्लामा प्रदर्शन र आन्दोलन भइरहेका छन् । सोही अनुसार दलितका लागि दलित अभियान नामक बृहत जागरण सभाको आयोजना गर्न लागिएको हो । सुदुरपश्चिमका बाजुरा र अछाममा आयोजना गरेको कार्यक्रम सकेर २६ गते बझाङमा जागरण सभाको आयोजना हुनेछ !
चैनपुरमा पहिलोपटक हुन् लागेको जातीय भेदभाव तथा छुवाछुत विरुद्धको वृहत जागरण सभामा प्रमुख अतिथिका रुपमा दलितका लागि दलित अभिायनका संयोजक खगेन्द्र सुनार आउने भएका छन् ।
दलित समुदायलाई संविधानमा उल्लेख भएका अधिकारबाट राज्य सहितका संयन्त्रहरुमा स्थान नदिएको भन्दै यसका विरुद्ध दलित समुदाय एकजुट हुन्का लागि पनि यो कार्यक्रम गर्न लागिएको हो ।
चैनपुरमा हुने जातीय भेदभाव तथा छुवाछुत विरुद्धको वृहत जागरण सभामा आम जन समुदाय तथा जिल्लास्थित १२ वटै पालिकामा दलित समुदायबाट विभिन्न पार्टीबाट प्रतिनिधित्व गर्ने स्थानीय तहका जनप्रतिनिधि र दलित समुदायका बुद्धिजिवीलाई आमन्त्रण गरिएको राष्ट्रिय दलित गोलमेच सम्मेलनका केन्द्रीय सदस्य सुशील ओखेडाले जानकारी दिए ।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया