Samriddhipost
२०८२ जेठ ३० गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ जेठ १९ गते सोमबार

सरकार र आन्दोलनरत यातायात व्यवसायीबीचको वार्ता निष्कर्षविहीन बनेको छ । सोमबार बिहान सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको पहिलो चरणको वार्ताले कुनै पनि निष्कर्ष निकाल्न नसकेको सार्वजनिक यातायात केन्द्रीय महासंघका महासचिव भरत नेपालले जानकारी दिए ।
“गृहमन्त्रीज्यूसमक्ष हाम्रा माग राख्यौँ । संघीय सरकारसँग बाझिने कानुन खारेज गर्नुस् भन्यौँ । उहाँले प्रदेशसँग छलफल गर्नुपर्छ भनेपछि हामीले आन्दोलन नरोक्ने अडान लिएर निस्कियौँ । पहिलो चरणको वार्ता निष्कर्षविहीन सकियो । हाम्रो आन्दोलन जारी छ,” उनले भने । 
गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’लाई वैधानिकता दिने कानुन ल्याएपछि सार्वजनिक यातायात बचाऊ केन्द्रीय संघर्ष समितिले देशभर यातायात बन्दको घोषणा गरेको छ । 
गाडी ग्यारेजमा थक्याएर सार्वजनिक यातायात व्यवसायी आन्दोलनमा उत्रिएका छन् । जसको प्रत्यक्ष मारमा यात्रु परेका छन् ।


बिज्ञापन

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>