Samriddhipost
२०८२ जेठ २३ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ जेठ २१ गते बुधबार

नेकपा माओवादी केन्द्रको सहायक सङ्गठन मानिएको योङ्ग कम्युनिस्ट लिग (वाईसीएल)को भावी नेतृत्वका निर्वाचन प्रक्रिया भोलि (बुधबार) बिहानबाट सुरू हुने भएको छ । 
जेठ १८ गतेदेखि प्रज्ञा भवन कमलादीमा सुरु भएको तेस्रो राष्ट्रिय सम्मेलनले राजनीतिक र सङ्गठनात्मक प्रतिवेदन सर्वसम्मत पारित भएको नेता ठाकुर सौरागले जानकारी दिए ।
नयाँ नेतृत्व छनोटका लागि भोलि बिहानबाट निर्वाचन समितिले काम थाल्ने उनले बताए । उनका अनुसार अध्यक्ष पदमा १२ जनाको हाराहारीमा आकाङ्क्षी रहेकाले भए सर्वसम्मत नभए निर्वाचन प्रक्रियाबाट नेतृत्व छनोट हुनेछ । 
‘राजनीतिक प्रतिवेदन र सङ्गठनात्मक प्रतिवेदन सर्वसम्मत रूपमा पारित भएको छ । भोलिदेखि नेतृत्व छनोटको प्रक्रिया अगाडि बढ्छ । वाईसीएल पार्टीको सहायक सङ्गठन भएकाले नेतृत्वको पनि कुरा सुन्नुपर्छ । सकेसम्म सर्वसम्मत नेतृत्व छनोट हुन्छ । नभए निर्वाचन समितिले प्रक्रिया अगाडि बढाउँछ’, समृद्धि पोष्टलाई भने ।
विधानमा ३५ पदाधिकारी रहेकोमा अध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्ष गरी ९९ जना आकाङ्क्षी रहेको सौरागले बताए । 
निवर्तमान अध्यक्ष सुबोध शेर्पाली नदोहोरिने घोषणा गरेकाले भावी नेतृत्वका लागि उपाध्यक्ष, उपमहासचिव र सचिवबाट १२ जनाको हाराहारीमा आकाङ्क्षी देखिएका छन् । अध्यक्ष पदका लागि सौराग, पुष्प ओली, केयरसिंह  कुँवर सचिवबाट माधव बस्नेत(रुपन्देही), डम्बर पुलामी ‘कर्मा’(झापा), गणेश शाही ‘विद्रोही’ (कालिकोट), नवराज एैर, शिव बोगटी, प्रेम श्रेष्ठ लगायत आकाङ्क्षी छन् । 
यसैगरी अध्यक्षपछि महत्त्वपूर्ण पद मानिने महासचिवका लागि झन्डै ६ जना आकाङ्क्षी देखिएका छन् । महासचिव पदका लागि शोभराम भण्डारी(सल्यान), सन्तोष पनेरु(चितवन), धनकुमार मैनाली(ललितपुर), मुकेश थापा, हरि ढकाल लगायत आकाङ्क्षी छन् ।
नेतृत्वको आकाङ्क्षीले आ–आफ्ना अडान नछाडेपछि फ्याक्सन इन्चार्ज रामप्रसाद सापकोटा दीपशिखाको नेतृत्वमा गएको टोलीले सोमबार अध्यक्ष प्रचण्डसँग छलफल गरेका थिए । छलफलको क्रममा प्रचण्डले पार्टीको सहायक सङ्गठन भएकाले सकेसम्म सर्वसम्मत नभए निर्वाचन प्रक्रियाबाट टुङ्ग्याउन सुझाव दिएको प्रचार विभाग प्रमुख पुष्प ओलीले जिकिर गरे । 
‘फ्यक्सन इन्चार्ज दीपशिखासहित हामी नेतृत्वका आकाङ्क्षीहरू अध्यक्षसँग बसेका थियौँ । उहाँले सहमतिमै नेतृत्व छनोट गर्न निर्देशन दिनुभएको होइन । जसले जिते पनि मेरैले जित्ने हो । सकेसम्म सर्वसम्मत रूपमा नेतृत्व छनोट भएमा राम्रो हुन्छ । नभए निर्वाचन प्रक्रियाबाट अगाडि बढ्नोस् भन्नुभयो । कुनै निर्देशन दिनेभन्दा सुझाव दिनुभएको हो । सहमति र निर्वाचन प्रक्रिया सँगसँगै जारी राख्छौँ’, ओलीले भने । 
तेस्रो सम्मेलनबाट ४० वर्षे उमेर हदका कारण महासचिवभन्दा माथिको पदाधिकारीबाट लगभग सबै बाहिरिँदै छन् ।  सम्मेलनबाट २५१ सदस्यीय केन्द्रीय समिति र ३५ सदस्य पदाधिकारी रहने गरी विधान पारित भइसकेको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>