Samriddhipost
२०८२ जेठ २३ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ जेठ २१ गते बुधबार

शुक्लाफाँटा नगरपालिकाको शिक्षा शाखाको आयोजनामा विद्यालय सुधार योजना (SIP) सम्बन्धी दुई दिने कार्यशाला सुरु भएको छ। सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर अभिवृद्धि तथा शिक्षण सिकाइ सुधार गर्ने उद्देश्यले आयोजित कार्यशालामा विभिन्न सरोकारवाला पक्षको सक्रिय सहभागिता देखिएको छ।
 
कार्यशालाको उद्घाटन गर्दै नगरप्रमुख रणबहादुर महराले विद्यालय सुधार योजना (SIP) लाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने आवश्यकता औंल्याए। उहाँले SIP कार्यक्रमले विद्यालयहरूको समग्र विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्दै यसले शिक्षण–सिकाइको गुणस्तरमा सुधार ल्याउने धारणा राख्नुभयो।
 
कार्यक्रममा लालझाडी गाउँपालिका शिक्षा शाखा प्रमुख सिद्धराज भट्ट र सेवानिवृत्त शिक्षा अधिकारी भीम साउदले सहजीकरण गर्दै विद्यालय सुधार योजनाको अवधारणा, रणनीति र यसको प्रभावकारी कार्यान्वयनबारे प्रकाश पार्नुभएको थियो ।
 
कार्यक्रमको अध्यक्षता शिक्षा युवा तथा खेलकुद विकास शाखाका प्रमुख टिकेन्द्रराज भट्टले गर्नुभएको थियो।  शिक्षा शाखा प्रमुख टिकेन्द्रराज भट्टले कार्यक्रममा सहभागीहरूलाई कार्यशाला गोष्ठी निकै महत्वपूर्ण कार्यक्रम भएकाले दुई दिनसम्म सिकाई आदानप्रदान गर्नुका साथै विद्यालय सुधार योजना कार्यक्रममा सक्रिय सहभागिता जनाउन अनुरोध गर्नुभयो।
 
कार्यशालामा एकीकृत पाठ्यक्रमको कार्यान्वयन अवस्था पुनरावलोकन, आधारभूत तहमा गणित विषयमा शिक्षण सुधारका उपायहरू, शिक्षकको पेशागत विकास, सिकाइका असल अभ्यासहरू आदान प्रदानजस्ता महत्वपूर्ण विषयहरूमा गम्भीर छलफल भइरहेको छ। 
 
विद्यालय सुधार योजना नेपाल सरकारको एक दीर्घकालीन रणनीति हो, जसको मूल उद्देश्य विद्यालयहरूलाई स्वशासित, उत्तरदायी र समुदायसँग जोडिएको बनाउँदै शैक्षिक नतिजामा सुधार ल्याउनु हो। यस्तो कार्यशालाबाट SIP कार्यक्रमलाई व्यवहारमा उतार्न आवश्यक रणनीतिक मार्गदर्शन र स्थानीय तहमा आवश्यक कार्यान्वयन क्षमताको विकासमा सघाउ पुग्ने अपेक्षा गरिएको छ। कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूको सहभागिता रहेको छ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>