बाजुराको बुढिगंगा नगरपालिका वडा नम्बर-६ स्थित बाम्का बजारमा शुक्रबार दिउँसो भीषण आगलागी भएको छ। नवदुर्गा होटलमा ग्यास सिलिन्डर विस्फोट भएपछि आगलागी फैलिएको हो । घटनास्थलबाट प्राप्त प्रारम्भिक जानकारीअनुसार ४ः५५ बजे तिर ग्यास सिलिन्डर पड्किएपछि सुरु भएको आगलागीले हालसम्म १६-१७ वटा पसल पूर्ण रूपमा जलेर नष्ट गरिसकेको छ ।
क्षतिको विस्तृत विवरण भने आउन बाँकी छ । घटनापछि आगलागी नियन्त्रणमा लिन प्रयास भइरहेको छ। आगो निभाउने कार्य जारी छ । प्रहरी निरीक्षक देव बहादुर चौधरीको कमाण्डमा जिल्ला प्रहरी कार्यालय तथा मातहत प्रहरी इकाईहरूबाट खटिएको ३२ जनाको टोली घटनास्थलमा परिचालित भएको छ। स्थानीय बासिन्दा, नेपाल प्रहरी तथा अन्य सुरक्षा निकायहरूको सक्रियतामा आगलागी नियन्त्रणमा लिन प्रयास तीव्र पारिएको छ ।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया