भीमदत्त नगरपालिका १८ नम्बर वडा कार्यालयले बाल अधिकार नेतृत्व विकास तथा लागू औषध दुर्व्यसनी नियन्त्रण सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ। भीमदत्त नगरपालिका १८ नम्बर वडा कार्यालयले आयोजक गरेकाे कार्यक्रममा सुनिश्चित बाल अधिकार सुन्दर भविष्य निर्माणको आधार भन्ने नाराका साथ वडास्तरीय बाल क्लबलाई बाल अधिकार नेतृत्व विकास तथा लागू औषध दुर्व्यसेनी नियन्त्रण सम्बन्धी सचेतनामूलक कार्यक्रम शुक्रबार ९/११ हाेटलमा बाल अधिकार सम्बन्धी प्रशिक्षण नगरपालिकाका कानुन अधिकृत बिरेन्द्र बहादुर सिंह बालबालिकाहरूलाई कानुन सम्बन्धि प्रशिक्षण दिएका थिए भने, नेतृत्व विकास सम्बन्धी ग्लोबल एकेडेमीका प्रिन्सिपल सुरेन्द्र राज ओझाले दिएका थिए त्यसैगरी लागू औषध दुर्व्यसनी सम्बन्धि प्रशिक्षण जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख उपरीक्षक खडक बहादुर खत्रीले दिएका थिए। सचेतनामूलक कार्यक्रममा १८ नम्बर वडा भित्र रहेका ६ वटा सामुदायिक विद्यालय र १३ निजी गरि १९ विद्यालयका २१ जना बालबालिकाहरूलाई लागू औषध नेतृत्व विकास र बाल अधिकार सम्बन्धी प्रशिक्षण दिएर सचेतनामूलक कार्यक्रम द्वारा जनचेतना गराइएको भीमदत्त नगरपालिका १८ नम्बर वडाका वडा अध्यक्ष रविन्द्र प्रसाद देवकोटाले बताए । उनले भने जेठ १७ गते १७ सदस्यीयबाल क्लब गठन गरियाै सो क्लबले १८ नम्बर वडामा बढ्दो लागू औषध बिगबिगी रहेकोले यसबाट बालबालिकाहरूलाई सचेत गराउनुको साथै विभिन्न सामाजिक काममा अग्रभूमिकाको काम क्लबले नै गर्ने अध्यक्ष देवकाेटाकाे भनाई छ यस सचेतना कार्यक्रमले बालबालिकाहरूले आफ्ना साथीहरू साथी मार्फत घर समाज हुँदै समाजको परिवर्तन गर्न सक्ने उद्देश्य रहेको बताए। कार्यक्रमका प्रमुख अतिथि कञ्चनपुर जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी खडक बहादुर खत्रीले बालबालिकाहरूलाई लागू औषध तथा नराम्रो बाटोबाट बचाउनु अभिभावक स्थानीय निकाय संघ संस्था सचेत नागरिक सबैको दायित्व भएकोले सबैले आआफ्नो ठाउँबाट सहयोग गर्न आग्रह गरेका छन्। ग्लोबल एकेडेमीका प्रिन्सिपल सुरेन्द्रराज ओझाले नैतिक नेतृत्व र सेवामुखी नेतृत्वको बारेमा प्रशिक्षण दिएका थिए उनले भने नैतिक नेतृत्वले मानिसहरूमा इमानदारी सत्यता न्यायप्रियता पारदर्शिता आदर उत्तरदायित्व जस्ता गुणकाे विकास हुने र सेवामुखी नेतृत्वले मानिसमा कर्तव्य निष्ठता स्वार्थ त्याग अरुको हितको विकासमा सहयोग पुग्ने जस्ता महत्त्वपूर्ण विषयमा प्रशिक्षण दिएर विद्यार्थीहरुलाई प्रेरित गराएका थिए। कानुन अधिकृत वीरेन्द्र सिंहले बालबालिकाहरूको हक अधिकार संरक्षण बारेमा प्रशिक्षण दिएका थिए। अध्यक्ष रविन्द्र प्रसाद देवकोटाले भीमदत्त नगरपालिकाका १९ वडाहरूमा बाल क्लब गठनको आवश्यकता रहेको बताएका छन् उनले १९ वडाहरुमा बाल क्लब गठन गरेर बाल क्लबद्वारा नै लागू औषध दुर्व्यसेनीमा लागेकाहरुलाई बालकहरू मार्फत नै जनचेतना जगाउन सजिलाे हुने हुनाले १९ वडामा बाल क्लब खोल्नु आग्रह समेत गरेका छन्। कार्यक्रमको सञ्चालन वडा सचिव दिनेशराज भट्टले गरेका थिए भने कार्यक्रममा वडा सदस्य हेमबहादुर बस्नेत, पदमबहादुर चन्द, सितादेवी भण्डारी , कर्मचारी रत्ना ऐरी लगायतकाे उपस्थिति रहेको थियो ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया