Samriddhipost
२०८२ जेठ २५ गते आइतबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ जेठ २४ गते शनिबार

कैलालीको टीकापुरस्थित सत्ती प्रहरी चौकीका इन्चार्ज सई यज्ञराज पन्तलाई विवादमा तान्ने प्रयास भएको छ। सत्ती प्रहरी बिटमा भएको विवादको कुरालाई लिएर उनलाई छानबिनमा तान्न खोजिएको हो।

उनले नियमित ड्युटी गरिरहेकै अवस्थामा उनलाई जिल्ला प्रहरी कार्यालयले तानेर अफिसमा राखेको छ भने छानबिन समिति पनि गठन गरिएको छ।

उसो त टीकापुर नगरपालिकाकी राजकुमारी कुँवर शाहले आफूलाई शुक्रवार अपरान्ह साढे चार बजेतिर कुटपिट गरेको आरोप लगाएकी छन्।

घटनाक्रम अनुसार एक १७ वर्षीय किशोरले उनलाई स्कुटीमा राखेर अत्यधिक तीव्र गतिमा चलाएर धनगढीबाट हुलाकी मार्ग हुँदै टीकापुर गैरहेको थियो।

त्यहीँ क्रममा बिटनेर प्रहरीसँग उनले विवाद गरेकी थिइन्। जसक्रममा उनले पहिले प्रहरी हवल्दार सुरेन्द्र बोहरासँग विवाद गरिन्।

त्यसपछि त्यहाँ सई पन्त आएका थिए। त्यसपछि महिलालाई नियन्त्रणमा लिन खोज्दा झन विवाद भएको थियो। त्यसपछि सो विवादको विषय इलाका प्रहरी कार्यालय टीकापुर हुँदै जिल्लासम्म पुगेको थियो।

स्रोतका अनुसार ती महिलाले जिल्लाका एसपी बाल नरसिंह राणासँग पनि अस्वभाविक तरिकाले बोलेकी थिइन्।

यसैक्रममा ती सईलाई बिना कसुर फसाउन खोजिएको आरोप लागेको छ। चेकिङको क्रममा महिलालाई हातपात गरेको भन्दै इस्यु बनाएर उनीमाथि छानबिन थालिएको हो।

जसबारे छानबिन गर्न जिल्लाका डीएसपी राज कुमार सिंहको नेतृत्वमा पाँच सदस्यीय छानबिन समित गठन गरिएको जनाइएको छ। यद्यपि उनै डीएसपीले चेकजाँच गर्ने क्रममा महिलाले विवाद सुरु गरेको दाबी गरेका छन्।

अहिलेलाई विवाद महिलासँगको देखिएपनी त्यहाँबाट पहिलेदेखि जिल्ला प्रहरीलाई लाइन (घुस) आइरहने भएपनी अहिलेको अवस्थामा सुदूरपश्चिममा नयाँ डीआईजी डम्बर बिश्वकर्मा आएपछि लाइन बन्द भएको थियो। त्यसपछि विवाद र कारबाहीको शृङ्खला सुरु भएको स्रोतको दाबी छ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>