कञ्चनपुरको लालझाडी गाउँपालिकामा ‘नागरिकसँग गाउँपालिका अध्यक्ष स्वास्थ्य विशेष कार्यक्रम’ सञ्चालन गरिएको छ। लक्षित वर्गलाई प्राथमिकतामा राखेर स्वास्थ्य उपचार सेवा सञ्चालन गरिएको हो। महिला, अपाङ्गता भएका व्यक्ति, स्वास्थ्यको पहुँचबाट बाहिर रहेका समुदाय, ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण, उपचार र परामर्श सेवा उपलव्ध गराउने कार्यका लागि स्वास्थ्यकर्मीलाई खटाइएको छ। स्वास्थ्यकर्मीको टोलीले वडा वडामा घर दैलोमै पुगेर सेवा प्रदान गर्ने कार्य गरिरहेको गाउँपालिका अध्यक्ष निर्मल रानाले बताए। “नसर्ने रोग चुनौतीका रुपमा रहेका छन्” उनले भने, “समयमै पहिचान नहुँदा जटिलता पैदा गर्ने हुन्छन्, त्यसैले स्वास्थ्यकर्मीले ती रोगको पहिचान गरी उपचारका लागि परामर्श दिने छन्।”
उच्च रक्तचाप, मधुमेह, क्यान्सर लगायतका रोगका रोगीको खोजपडताल गरी उपचार योजना बनाइ उपचारका लागि पहल गरिने गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख खगेन्द्र चौधरीले बताए।
कार्यक्रमबाट आर्थिक रुपमा विपन्न परिवार, ज्येष्ठ नागरिक, एकल महिला अपाङ्ता भएका व्यक्ति बढी लाभान्वित हुँदै आएकोे उनले बताए। गाउँपालिकाले ‘नागरिकसँग गाउँपालिका अध्यक्ष स्वास्थ्य विशेष कार्यक्रम’ तीन वर्षदेखि निरन्तर रुपमा सञ्चालन गर्दै आएको छ।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया