Samriddhipost
२०८२ जेठ २९ गते बिहिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ जेठ २८ गते बुधबार

प्रहरीले कुटाई खाएको घटना सामसुम भिडियो बाहिरिएपछि खुल्यो रहस्य ।

कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिका पचुई स्थित चौकीका प्रहरीले भारतबाट नेपाल ल्याउँदै गरेको मल खाद समातेपछि स्थानीयले विरोध गरे। केही प्रहरी भागे नेतृत्वकर्ता भने समातेर स्थानीयले कुट्दै बजारमा लगे । बजारमा स्थानीयहरूले कुटे पैसा पनि खाने मल पनि समात्ने भने ।
यो घटना जेठ २१ मा घटेको बताइन्छ। त्यसपछि घटना स्थानीय चौकीमा आएर राहुल राना समेतले माफी मागेपछि घटना सामसुम भएको थियो । यो घटनाको मङ्गलबार भिडियो बाहिरिएपछि सबैले देखे प्रहरी अधिकृतलाई लछारपछार गर्दै बीच सडकमा बीच बजारमा लगेर कुटिरहेका छन् भन्दैछन् और मारो ।
यसरी प्रहरीलाई नाङ्गेझार पारेर खुलेआम निर्वाध कुट्न सक्ने हरुले स्थानीयलाई वा नागरिकलाई जतिबेला जे पनि गर्न सक्छन् । यो कानुनी राज्यको उपहास होइन भन्ने प्रश्न बुझिएको छ।त्यसैमाथि प्रहरीले तस्करहरूबाट पैसा उठाएकै कारण मिलोमतो गरेर घटना लुकाएर बसेको हो भन्ने प्रश्न पनि उभिएको छ ? होइन भने यस्तो घटना प्रहरीले किन उजागर गरेन ।
स्थानीयले नाम नखोल्ने शर्तमा भने प्रहरीको मिलोमतो भएकै कारण यो घटना यसरी लुकाइएको हो माफी मागेको जस्तो देखाइएको मात्र हो घटना मिलाइएको थियो। यही विषयमा हामीले जिल्ला प्रहरी प्रवक्तालाई फोन सम्पर्क गरेर सोधौं सर यो घटना के भएको हो उहाँले भन्नुभयो हामीले पनि भिडियो देख्यौं यसमा संलग्न एकजना मानिस राहुल राना लाई नियन्त्रणमा लिएका छौं बाँकी घटनाको अध्ययन गर्दैछौं। सामान्य विषय २१ गते भएको भनिएको थियो के चाहिँ रहेछ अध्ययनपछि थाहा हुन्छ ।

 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>