नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरका महिला उपाध्यक्ष धर्मा रोकायाले एक बेवारिसे पुरुषको उद्धार गरी स्वास्थ्य उपचार गराएकी छन् । महेन्द्रनगर स्थित अस्पताल लाइनमा सडक पेटिकामा सुतेको अवस्थामा बेवारिसे फेला परेका बैतडीको दोगडाकेदार गाउँपालिका –४ पिपलकोट घर भएका अन्दाजी ५२ वर्षीय शिवराज भट्टको उद्धार गरी अस्पतालमा स्वास्थ्य उपचार भइरहेको उपाध्यक्ष रोकायाले बताइन् ।
बुधवार साँझ ६ बजेको समयमा अर्धनग्न अवस्थामा सडकमा सुतेको अवस्थामा उहाँ फेला परेपछि भेटेनरी कार्यालय कञ्चनपुरका कार्यालय सहयोगी हेमराज पनेरुको सहयोगमा महाकाली प्रादेशिक अस्पतालमा स्वास्थ्य उपचारका लागि लगिएको उनले बताइन् । भट्ट रोजगारीको खोजीमा महेन्द्रनगर आएको बुझिएको छ । रोजगारीका लागी भौतारिदै गर्दा काम नपाएपछि विगत साता दिन देखि सडकमै वास बस्दै आएको उनले बताइन् । स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि बुधवार साँझ सडक छेउमा पल्टेको अवस्थामा फेला पर्नुभएका उहाँको अहिले महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
पेट सम्बन्धी बिरामी भट्टको पेटबाट २.५ लिटर पानी झिकेको अस्पतालले जनाएको छ । उहाँको किट्नीमा पनि खराबी देखिएको चिकित्सकहरूको भनाई छ । उहाँको निःशुल्क स्वास्थ्य उपचारका लागी अस्पताल प्रशासनले सहमति जनाएको पत्रकार महासंघ शाखा कञ्चनपुरका उपाध्यक्ष रोकायाले बताउनुभयो । अहिले भट्टको परिवार पनि सम्पर्कमा आएका बताइएको छ ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया