Samriddhipost
२०८२ जेठ ३१ गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ जेठ ३० गते शुक्रबार

गणतन्त्रात्मक व्यवस्थाको मलामी जाने दिन नआओस : भाट

सुदूरपश्चिम प्रदेश सभा सदस्य ओमविक्रमभरण सरलले नीति तथा कार्यक्रममा बोल्दै भनेका थिए। यहाँ प्रतिपक्षी नै छैन कसैले विरोध गर्यो भने बजेट काटिदेलान् भन्ने डर छ।

यही कुरा थप आज उनले लेखेका छन् लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको मलामी जाने दिन नआओस्।

प्रदेश सभामा सत्तापक्ष र बजेट पक्ष मात्रै देखियो। प्रतिपक्षीकोमा रहेको अनुरोध हो। जय होस् संघीयता जय होस् व्यवस्थाको । तर यति मात्र कामना छ लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको मलामी जान दिवस हुने दिन नआओस्।

यी शब्दहरू यस मानेमा महत्वपूर्ण देखिएका छन्। प्रदेशभरि अधिकांश जनप्रतिनिधि पालिका प्रमुख उपप्रमुख वा वडा अध्यक्षहरू गाउँ नगर जिल्ला लगायतका नेताहरु प्रदेशमा बजेटका लागि धनगढी केन्द्रित भएका बेला आएको छ ।

नीति तथा कार्यक्रममा नै प्रदेश सभा सदस्य भाटले भनेका थिए। धनगढीका होटलहरूमा योजनाबारे छलफल हुँदैछन्। यहाँ कमिसनका आधारमा योजना बेचिँदै छन् सबै बजेट पक्ष भएका छन्। विरोध गरे बजेट काटिदिने चिन्तामा छन्। 

यसरी संसदमा समेत प्रतिपक्षी नबोल्ने अवस्था हो भने प्रतिपक्षी किन चाहिन्छ एकतन्त्रिय शासन जस्तो वा राजतन्त्रको प्रत्यक्ष शासनकाल जस्तो जे सरकारले मन लागेको गर्यो सरकारले केही सच्याउनुपर्ने हो भने पनि सच्याउन अवसर नदिने या त्यसका लागि प्रतिपक्षहरुले कुरा नै नउठाउने अवस्था आएको हो भने गणतन्त्र वा लोकतन्त्र रहिरहन्छ भन्न सकिँदैन ।

 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>