Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ जेठ ३१ गते शनिबार

न्यायाधीशलाई कालोमसो लगाउने नेताकार्यकर्ता रिहाइ गर्न माग गर्न युवा संगठनको विज्ञप्ति

जनकपुरका न्यायाधीशलाई दुर्व्यवहार गर्नेलाई छाड्न माग सहित विरोधमा उत्रिएका धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत) पार्टीका ७ विद्यार्थी नेतालाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त सिंहदरवारको टोलीले शुक्रबार अपरान्ह माइतीघर मण्डलास्थित विस्तारित सडक खण्डमा विरोधमा उत्रिएका नेतालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा उक्त पार्टी निकट कम्युनिस्ट युवा नेपाल संगठनका उपाध्यक्ष प्रमोद सिंह , पार्टीका केन्द्रीय सदस्य झलक बिक, अखिल क्रान्तिकारीका महासचिव उषाकिरण विक, संगठनका सचिव हरी विष्ट, र सर्जन पाण्डे, विद्यार्थी संगठन ललितपुरका अध्यक्ष सक्षम बिक, काठमाडौं जिल्ला सदस्य सर्जन विक रहेको युवा संगठनले जानकारी दिएको छ। संगठनले नेता कार्यकर्तालाई रिहाइ गर्न युवा संगठन नेपालले विज्ञप्ति जारी गरेको छ।

  अफताब आलाम प्रकरणमा उच्च अदालत वीरगञ्ज पर्सा इललासका न्यायाधीशमाथी कालोमोसो लगाउने क्रममा गिरफ्तार गरिएका व्यक्तिलाई तत्काल रिहाईको माग गर्दै बिरोध प्रदर्शन गरेर निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि उनीहरु ७ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>