Samriddhipost
२०८२ असार ०२ गते सोमबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ असार ०१ गते आइतबार

२८ वर्ष पछि वनदेवी धार्मिक वन नवीकरण हस्तान्तरण स्थानीय खुसी ।

कृष्णपुर नगरपालिका स्थित रहेको प्रख्यात वनदेवी मन्दिर क्षेत्रको धार्मिक वन पहिलोपटक २०५४ सालमा मानबहादुर खड्काले धार्मिक वनका रुपमा दर्ता गराउनु भएको थियो ।
यो वनलाई २८ वर्षसम्म नवीकरण नगरिदिएपछि बन्देवी निरञ्जनदेव धार्मिक वन क्षेत्रभित्र रहेको बन्देवी मन्दिरमा विभिन्न निर्माण गर्दा समस्या झेल्नु परिरहेको थियो ।
 यही समस्या समाधान गर्नका लागि वनदेवी मन्दिर आश्रमका महन्त महाराज श्री लोमस गिरी, हरियाली सामुदायिक वनका अध्यक्ष नित्यानन्द जेठारा, धार्मिक वनका अध्यक्ष गगन खड्का। लगायतको निरन्तर प्रयासपछि आइतबार विधान कार्ययोजना सबै तयार भएर पारित भएपछि डिभिजन वन कार्यालय कञ्चनपुरले वन हस्तान्तरण गरेको छ।
वन हस्तान्तरण भएपछि हरियाली सामुदायिक वनका अध्यक्ष तथा वनदेवी निरञ्जनदेव धार्मिक वनका सल्लाहकार नित्यानन्द जेठाराले खुसी व्यक्त गर्दै भन्नुभयो २०५४ सालमा हस्तान्तरण भएको  वन तत्कालीन जिल्ला वन कार्यालय र हालको डिभिजन वन कार्यालयले वन नवीकरण नगरिदिँदा विकास निर्माण लगायतका काममा समस्या हुँदै आएको थियो। तर आज कञ्चनपुर वन डिभिजनका प्रमुख वरिष्ठ वन डिभिजनल अधिकृत रामविचारी ठाकुर समेत वन अधिकृतहरूको सहयोगमा वन नवीकरण भएकोमा म सारै खुसी छु भन्दै खुसी व्यक्त गरेर धन्यवाद दिनुभएको छ।
वन हस्तान्तरण हुने कार्यक्रममा वन बुझ्नका लागि आश्रमका महन्त आफै डिभिजन वन कार्यालय पुग्नुभएको थियो भने वन डिभिजन कार्यालयका वरिष्ठ वन अधिकृतहरू सुभाष कुँवर र बिमल चन्दले हस्तान्तरण गर्नुभयो भने आश्रमका महन्त लोमस गिरि महाराज र हरियाली सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष नितानन्द जेठाराले विधान कार्ययोजना बुझ्दै वन हस्तान्तरण भएको हो।

 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>