कञ्चनपुर जिल्लाको उत्तरी चुरे क्षेत्रमा रहेको वन क्षेत्रमा डडेलधुरा डिभिजन वन कार्यालयले कञ्चनपुरको सिमानाभित्रको भूभाग समेत डडेलधुराका वन उपभोक्ताहरूलाई वितरण गरेको बताइरहँदा कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका र गोदावरी नगरपालिका बीचको राजनीतिक सिमानामा समेत विवाद भएको छ।
कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका ४ स्थित नवदुर्गा सामुदायिक वन क्षेत्रको केही भूभाग र एउटा सानो बस्ती राजनीतिक नक्सामा कञ्चनपुरमा परेको देखाउने कृष्णपुरका स्थानीय र वनकर्मीहरू बताउँछन्। तर उता कैलाली जिल्लाको गोदावरी नगरपालिका वडा १० स्थित रहेका धाया सलानी र धाया बेलानी वन उपभोक्ता र एउटा सानो बस्तीका मानिसले आफूले पहिलादेखि प्रयोग गरिरहेको कसरी कञ्चनपुरमा देखायो भनेर विवाद देखिएको छ। यो राजनीतिक नक्साको स्पष्टताको विवादले राजनीतिक सिमाना छुट्याउन असहज भएको, कानुनी जटिलता भएको प्राकृतिक स्रोत साधनको उपयोगमा समस्या भएको स्थानीय तहलाई सिमाना अन्योलता भएको लगायतका समस्या भइरहँदा कञ्चनपुर वन डिभिजन कार्यालयका प्रमुख रामविचारी ठाकुरको विशेष पहलमा वन क्षेत्र समन्वय समितिको बैठक कृष्णपुर बसाइएको छ।
उक्त बैठक कञ्चनपुर समन्वय समितिका प्रमुख दुर्गा दत्त बोहराको अध्यक्षतामा बसेको थियो। बैठकमा प्रमुख अतिथिका रूपमा कैलाली समन्वय समिति प्रमुख टिका कुमारी भूल रहनुभएको थियो। भने विशिष्ट अतिथिहरूमा कृष्णपुर नगरपालिकाका नगरप्रमुख हेमराज ओझा नगरपालिकाकै उपप्रमुख द्रौपती राना, कैलाली वन डिभिजनका प्रमुख वरिष्ठ वन डिभिजनल अधिकृत कृष्णदत्त भट्ट, वन क्षेत्र समन्वय समितिका सदस्य सचिव तथा डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख वरिष्ठ डिभिजनल अधिकृत रामविचारी ठाकुर, कृष्णपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रप्रसाद भट्ट, कृष्णपुर नगरपालिका ४ का वडा अध्यक्ष धर्मबहादुर सिंह गोदावरी नगरपालिका १० का वडा अध्यक्ष रविन्द्र शाही, बाणी वन सबडिभिजन कार्यालयका अधिकृत भरत शाह वरिष्ठ वन अधिकृतहरू सुवास कुँवर र बिमलचन्द ।
राजनीतिक सिमाना विवाद देखिएका धाया सलानी धाया बेलानी र नवदुर्गा सामुदायिक वन का पदाधिकारी उपभोक्ता पत्रकार लगायतको सहभागितामा बैठक बसेको थियो ।
बैठकमा समस्या समाधान गर्नका लागि सहभागी सबैबीच आपसी छलफलहरू भएका थिए। छलफल बाट वन क्षेत्र समन्वय समिति मार्फत नापी विभागलाई राजनीतिक सिमाना छुट्याउनका लागि अनुरोध गर्ने निर्णय गरेको डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख ठाकुरले जानकारी दिनुभयो ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया