महाकाली प्रादेशिक अस्पतालमा दुई जना विशेषज्ञ चिकित्सक थपिएका छन् । योसंगै अस्पतालमा १६ जना विशेषज्ञ चिकित्सक पुगेका छन् ।
अस्पतालमा सर्जनद्वय डा. धर्मानन्द जोशी र देबेन्द्र लेखक नयाँ आएका हुन् । उनीहरु दुबैलाई आइतबार मेडिकल सुपरिटेन्डेन्ट डा। अर्जुन भट्टको कार्यकक्षमा स्वागत तथा सम्मान गरिएको छ ।
मेडिकल सुपरिटेन्डेन्ट डा. भट्ट र अस्पतालका अर्का नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा. प्रशान्त भट्टले फूल र खादा लगाएर नव आगन्तुक चिकित्सकद्वलाई स्वागत तथा सम्मान गरे ।
महाकाली प्रादेशिक अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डा। भट्टले नयाँ आएका दुई चिकित्सक सहित अस्पतालमा ३५ चिकित्सक पुगेको र त्यसमा १६ जना विशेषज्ञ भएको बताए ।
‘वहाँहरु दुई जना आएपछि अस्पतालमा सबै गरी ३५ जना चिकित्सक पुगेका छौ, त्यसमा विशेषज्ञ मात्रै १६ जना भयौ’ उनले भने,‘अझै केही विशेषज्ञ आवश्यक छन्, त्यसका लागि पहल गरि रहेका छौ ।’
विशेषज्ञ जनशक्ति थपिएपछि अस्पताललाई सेवा प्रवाहमा सहज हुने मेडिकल सुपरिटेन्डेन्ट भट्टले बताए ।
अस्पतालमा नयाँ आएका दुबै चिकित्सक भीमदत्त नगरपालिकाका वासिन्दा हुन् । उनीहरुमध्ये जोशी वडा नं। ७ र लेखक ६ नम्बरका वासिन्दा हुन् ।
टीकापुर अस्पतालबाट सरुवा भएर आएका जोशीले यस पनि अस्पतालमा सेवा गरेका थिए । उनले पित्तथैलीको पत्थरी, एपेन्डिक्स र हर्नियाको उपचार दुरबनि प्रविधिबाट गर्ने तयारी थालिएको बताए ।
‘हर्निया, एपेन्डिक्स, खुट्टाको नशा, पित्तथैलीको पत्थरी, चोट लागेर छातीमा रगत जमेको,हावा भरिएको लगायतका उपचार अहिले छैन’ उनले भने,‘केही दिनपछि दुरबनि विधिबाट यी सबैको उपचार गर्ने गरी योजना बनाई रहेका छौ ।’
मेडिकल सुपरिटेन्डेन्ट भट्टले नयाँ विशेषज्ञ चिकित्सक आएपछि शल्यक्रिया लगयतका सबै सेवा विस्तार र गुणस्तरीय हुने बताए ।
‘जनशक्ति नभएर अपेक्षाकृत सेवा प्रवाह हुन सक्दैन’ उनले भने । उनले विशेषज्ञ चिकित्सक २० पुगाउने लक्ष्य राखिएको बताए ।
सुपरिटेन्डेन्ट डा. भट्ट ५ वर्षदेखि अस्पतालमा कार्यरत छन् । उनी पछिल्लो तीन वर्षदेखि अस्पताल प्रमुख छन् ।
अस्पतालमा आइतबार र सोमबार सबैभन्दा बढी विरामी आउने गरेका छन् । ती दुबै दिनमा ५ सय हाराहारी विरामी आउने गर्छन् । अन्य दिन पनि भीडभाड हुने चिकित्सकहरु बताउँछन् ।
अस्पतालमा एक सय बेडमध्ये ८० प्रतिशत बेडमा विरामी भर्ना छन् । मेडिकल सुपरिटेन्डेन्ट डा। भट्टले हप्तामा ६ दिन विशेषज्ञ चिकित्सक ओपिडीमा बसाउने योजना बनाइएको बताए ।
नेपाल चिकित्सक संघका सुदूरपश्चिम प्रदेश इन्चार्ज एबम् अस्पतालका इएनटी डा. प्रशान्त भट्टले महाकाली सहित सुदूरपश्चिम प्रदेशका सबै अस्पतालमा चिकित्सक दरबन्दी पूर्ति नभएको बताए ।
‘अहिले सुदूरपश्चिम प्रदेशभर १ सय २७ चिकित्सक दरबन्दी छन्, त्यसमा जम्मा ८ जना मात्रै पूर्ति छ’ उनले भने,‘त्यस बाहेक करार सेवाबाट पूर्ति हुँदा ५ सय हाराहारी छन्, जनशक्ति व्यवस्थापन हुनु आवश्यक छ ।’
सुविधा सम्पन्न क्षेत्रबाट चिकित्सक आउन नमान्ने र सुदूरपश्चिममा चिकित्सा विश्वविद्यालय नभएकाले चिकित्सक अभाव वर्षौदेखि समस्याको रुपमा रहेको डा. भट्टले बताए ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया