Samriddhipost
२०८२ फागुन ०४ गते सोमबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ असार ०३ गते मङ्गलबार

मुक्त कमलरीहरूका लागि पाँच दिने अचार बनाउने तालिम सम्पन्न

मुक्त कमलरी विकास मञ्च कञ्चनपुरले मुक्त कमलरीका महिलाहरूका लागि ५ दिने आचार बनाउने तालिम सोमबार कृष्णपुर नगरपालिकामा सम्पन्न भएको छ । 

कृष्णपुर नगरपालिकाको आर्थिक सहयोग तथा मुक्त कमलरी विकास मञ्च कञ्चनपुरको आयोजनामा सञ्चालन भएको तालिममा सोमबार समापन भएको मुक्त कमलरी विकास मन्च कंचनपुरकी अध्यक्ष तथा समापन कार्यक्रमकी सभापति सिता चौधरीले बताईन । उक्त कार्यक्रमका प्रमुख अतिथि  कृष्णपुर नगरपालिका सामाजिक विकास शाखा प्रमुख प्रेम बोगटी रहेका थिए । प्रमुख अतिथि बोगटीले कमलरीका महिलाहरूलाई दिएको अचार बनाउने तालिम, तालिममा मात्र सिमित नरहेर व्यवसाय गर्नुपर्ने बताए । ५ दिन सम्म संचालित तालिममा आँपको अचार, बांगुुरको अचार, खुर्सानीको अचार लगायत अचार उत्पादन गर्नुपर्ने बारेमा सहभागीहरुलाई तालिम दिएको थियो । तालिमबाट सिकेको सिपलाई व्यबहारिक रुपमा लागु गरेर जीविकोपार्जन संगै आत्मानिर्भर बनेर व्यवसायिक रुपमा जोडिनु पर्ने कार्यक्रमका प्रमुख अतिथि बोगटीले बताए  । 

कार्यक्रममा कृष्णपुरकाका वडाहरूबाट तालिममा सहभागी १५ जना  मुक्त कमलरी महिलाहरुलाई प्रमाणपत्र वितरण गरेको मुक्त कमलरी विकास मञ्चकी अध्यक्ष सिता चौधरीले बताइन् । उक्त तालिममाबाट आर्जन गरेको सिपले घरमा बसी उद्यमी सँगै आत्मनिर्भर 

बनेर सामाजमा रहेका अन्य महिलाहरु पनि प्रेरितसंगै उद्यमी बन्ने बताइन् । यसभन्दा अगाडि मुक्त कमलरीका १२ जना महिलाहरूलाई प्रति महिला १ जोडाका दरले २४ बंगुर, ४ नम्बर वडा कार्यालयको आर्थिक सहयोगमा ४ वडाका ८ जना महिलाहरूलाई प्रति महिला १ जोडा बाख्रा गरी १६ बाख्रा बितरण, चौधरीहरुको  पहिचान झल्काउने लुगा चौधरी गरगहना १२ जना महिलाहरूलाई वितरण गरिएको र प्रत्येक वर्षमा नगरपालिकाबाट सहयोग मिलेको चौधरीले बताईन । ५ दिनसम्म चलेको अचार बनाउने तालिमको प्रशिक्षक धनगढी उपमहानगरपालिका ८ की लालमती रानाले दिएकी थिइन् ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>