मुक्त कमलरी विकास मञ्च कञ्चनपुरले मुक्त कमलरीका महिलाहरूका लागि ५ दिने आचार बनाउने तालिम सोमबार कृष्णपुर नगरपालिकामा सम्पन्न भएको छ ।
कृष्णपुर नगरपालिकाको आर्थिक सहयोग तथा मुक्त कमलरी विकास मञ्च कञ्चनपुरको आयोजनामा सञ्चालन भएको तालिममा सोमबार समापन भएको मुक्त कमलरी विकास मन्च कंचनपुरकी अध्यक्ष तथा समापन कार्यक्रमकी सभापति सिता चौधरीले बताईन । उक्त कार्यक्रमका प्रमुख अतिथि कृष्णपुर नगरपालिका सामाजिक विकास शाखा प्रमुख प्रेम बोगटी रहेका थिए । प्रमुख अतिथि बोगटीले कमलरीका महिलाहरूलाई दिएको अचार बनाउने तालिम, तालिममा मात्र सिमित नरहेर व्यवसाय गर्नुपर्ने बताए । ५ दिन सम्म संचालित तालिममा आँपको अचार, बांगुुरको अचार, खुर्सानीको अचार लगायत अचार उत्पादन गर्नुपर्ने बारेमा सहभागीहरुलाई तालिम दिएको थियो । तालिमबाट सिकेको सिपलाई व्यबहारिक रुपमा लागु गरेर जीविकोपार्जन संगै आत्मानिर्भर बनेर व्यवसायिक रुपमा जोडिनु पर्ने कार्यक्रमका प्रमुख अतिथि बोगटीले बताए ।
कार्यक्रममा कृष्णपुरकाका वडाहरूबाट तालिममा सहभागी १५ जना मुक्त कमलरी महिलाहरुलाई प्रमाणपत्र वितरण गरेको मुक्त कमलरी विकास मञ्चकी अध्यक्ष सिता चौधरीले बताइन् । उक्त तालिममाबाट आर्जन गरेको सिपले घरमा बसी उद्यमी सँगै आत्मनिर्भर
बनेर सामाजमा रहेका अन्य महिलाहरु पनि प्रेरितसंगै उद्यमी बन्ने बताइन् । यसभन्दा अगाडि मुक्त कमलरीका १२ जना महिलाहरूलाई प्रति महिला १ जोडाका दरले २४ बंगुर, ४ नम्बर वडा कार्यालयको आर्थिक सहयोगमा ४ वडाका ८ जना महिलाहरूलाई प्रति महिला १ जोडा बाख्रा गरी १६ बाख्रा बितरण, चौधरीहरुको पहिचान झल्काउने लुगा चौधरी गरगहना १२ जना महिलाहरूलाई वितरण गरिएको र प्रत्येक वर्षमा नगरपालिकाबाट सहयोग मिलेको चौधरीले बताईन । ५ दिनसम्म चलेको अचार बनाउने तालिमको प्रशिक्षक धनगढी उपमहानगरपालिका ८ की लालमती रानाले दिएकी थिइन् ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया