Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ असार ०४ गते बुधबार

कैलालीमा थुनामा रहेका एक जनाकाे मृत्यु भएकाे छ। डडेल्धुराकाे भाषेश्वर गाउपालिका-५ का २८ वर्षीय हरिश पालीकाे उपचारका क्रममा साेमवार राति मृत्यु भएकाे हाे। उनी  बैंकिङ कसुर मुद्दामा पक्राउ परेका थिए। 
जिल्ला प्रहरी कार्यालय, कैलालीले उपचारका क्रममा उनकाे मृत्यु भएकाे बताएकाे छ। तर, प्रहरीले उनी थुनाका रहेकाे समय सार्वजनिक गरेकाे छैन। 
भारतीय नागरिकसँगको लेनदेनका विषयमा दुई महिना अगाडि महेन्द्रनगरमा दुई घण्टा हिरासतमा राखेर  छोडेका पालीलाई डडेल्धुराबाट निजी गाडीको प्रयोग गरी जिल्ला प्रहरी कार्यालय कैलाली पुर्‍याएको थियो।
जिल्ला प्रहरी कार्यालय पछि पालीलाई जिल्ला कारागार कैलालीमा राखिएको थियो। कारागारमा दुई दिन नबित्दै पाली बिरामी भएपछि उपचारको लागि प्रादेशिक सेती अस्पताल कैलालीमा पुर्‍याएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले बताए। तर,  आफन्तहरूले भने  यातना दिएर प्रहरी कार्यालयमा वा कारागारमै मारेर अस्पताल पुर्‍याएको हुनसक्ने आशंका गरेका छन्।

आफन्तले सिसिटिभी फुटेज माग्दा पनि उपलब्ध हुन सकेको छैन।  सिसिटिभी फुटेज समेत उपलब्ध नगराउँदा आफन्तहरू प्रहरीले नै हत्या गरेको अाराेप लगाएका हुन। उनीहरूले प्रहरी नायब निरीक्षक हरिजित नाथकाे खातामा  ८५ हजार रुपैयाँ असार २ गते पठाएको समेत बताएका छन। 

सेती प्रादेशिक अस्पतालको शवगृहमा गई मृतकको अवस्था हेर्दा शरीरभरि निलडाम र टाउकाको पछाडि भागबाट रगत बगेको अवस्थामा रहेको थियो।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>