Samriddhipost
२०८२ असार ०५ गते बिहिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ असार ०५ गते बिहिबार

कैलाली कारागारका कैदीबन्दीको मृत्यु भएपछि छानबिन समिति गठन गरिएको छ । बैंकिङ कसुरमा सजाय भुक्तान गरिरहेका डडेल्धुराको भागेश्वर गाउँपालिका– ५ का २८ वर्षीय हरिशसिंह पालीको मृत्यु भएपछि कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा सातसदस्यीय छानबिन समिति बनाइएको हो । कैलालीका प्रमुख जिल्ला अधिकारी गोगन हमालले छानबिन समितिमा प्रहरी, राष्ट्रिय अनुसन्धान र पीडित पक्षलाई पनि राखिएको छ । ‘प्रहरीले पनि घटनाको अनुसन्धान गरिरहेकै छ,’ सीडीओ हमालले भने, ‘हामीले पनि छानबिन समिति बनाएर काम अगाडि बढाएका छौँ ।’
छानबिन समितिमा सहायक प्रमुख जिल्ला अधिकारी जोशीसँगै जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शिवराज जोशी र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षक राजकुमार सिंह पनि रहेका छन् । यस्तै, जिल्ला प्रहरी कार्यालयको मुद्दा शाखाका प्रहरी निरीक्षक र हवल्दार, राष्ट्रिय अनुसन्धानबाट एक जना अधिकारी तथा डडेल्धुरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष लोकराज भट्ट पनि छानबिन समितिमा सदस्य छन् । छानबिन समिति गठन भएसँगै डडेल्धुरामा बिहानदेखि ठप्प पारिएको राजमार्ग र बजार खुलेको छ ।
पालीलाई जिल्ला प्रहरी कार्यालय डडेल्धुराको टोलीले २९ जेठमा जिल्ला सदरमुकामबाटै पक्राउ गरेको थियो । एक दिन थुनामा राखेर ३० जेठमा कैलाली प्रहरीलाई बुझाएको डडेल्धुरा प्रहरी प्रमुख डीएसपी सुगन्ध श्रेष्ठले बताए । कैलाली प्रहरीले भने १ असारमा मात्रै पालीलाई कैलाली कारागारमा बुझाएको थियो । ‘१ असारको साँझ ६ बजे उहाँ (पाली)लाई ल्याइएको थियो,’ कैलाली कारागारका जेलर वसन्त खत्रीले भने । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक राजकुमार सिंहका अनुसार सोमबार राति पाली एक्कासि बिरामी भएपछि उपचारका लागि सेती प्रादेशिक अस्पताल, धनगढीमा पुर्‍याइएको थियो । अस्पताल पुर्‍याएको आधा घण्टामै उनको मृत्यु भएको डीएसपी सिंहले बताए । ‘जाहेरी नआउँदा अहिलेसम्म शवको पोस्टमार्टम पनि भएको छैन,’ डीएसपी सिंहले भने, ‘पोस्टमार्टम भएपछि घटनाबारे अनुसन्धान अगाडि बढ्छ ।’
यता मृतक पालीका आफन्त र परिवारका सदस्यले भने पालीको प्रहरीबाटै हत्या भएको आरोप लगाएका छन् । ‘प्रहरीका सई हरिजित नाथले पटकपटक फोन गरेर धम्की दिँदै आएका थिए,’ मृतककी श्रीमती जानकी साउँदले भनिन्, ‘डडेल्धुरा प्रहरीले पनि पक्राउ गर्दा मलाई जानकारी दिएन । त्यहाँबाट पनि निजी गाडीमा राखेर धनगढी पुर्‍याइएको रहेछ । मेरो श्रीमान्‌को प्रहरीले नै कुटपिट गरेर हत्या गरेको हो ।’ साउँदले आफ्नो श्रीमान्‌माथि सई नाथले कुटपिट गरेको आरोप लगाइन् ।
सई नाथ र पालीबीच के थियो विवाद ?

 

कैलालीको धनगढी उपमहानगरपालिका– ३ का प्रहरी सहायक निरीक्षक ९सई० हरिजित नाथ जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत छन् । २७ भदौ २०८० मा सई नाथले पालीविरुद्ध बैंकिङ कसुरमा मुद्दा दिएका थिए । ‘प्रतिवादी हरिसिंह पालीले व्यापार व्यवसायका लागि पैसाको समस्या परेको भन्दै एक महिनाको भाखा राखेर २ लाख रुपैयाँ सापटी मागेका थिए,’ जाहेरीमा सई नाथले उल्लेख गरेका थिए, ‘२८ जेठ २०७९ मा चेक दिएका थिए । उक्त चेकको रकम जम्मा गर्न जाँदा निजको खातामा पर्याप्त रकम थिएन ।’

नाथको जाहेरीपछि २९ फागुन २०८० मा कैलाली जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद अवस्थीको इजलासमा पालीलाई बिगोबमोजिम ९२ लाख० जरिवाना र १० दिन कैदको फैसला भएको थियो । फैसला कार्यान्वयनकै क्रममा जिल्ला प्रहरी कार्यालय डडेल्धुराले पालीलाई पक्राउ गरेको जनाएको छ । पक्राउ परेपछि पालीका आफन्त जगदिश रावलले २ असारमा प्रहरी नायब निरीक्षक नाथको खातामा ८५ हजार रुपैयाँ जम्मा पनि गरेका थिए ।
कारागार चलान भएको दोस्रो दिन नै पालीको मृत्यु भएपछि आफन्तले घटना शंकास्पद भएको भन्दै सत्यतथ्य छानबिनको माग गरेका छन् । ुमृतक पालीको शरीरभरि निलडाम भएको भिडियो पनि सार्वजनिक भएको छ,ु रावलले भने, ‘बिरामी व्यक्तिको शरीरमा कहाँबाट निलडाम भयो रु हामी किटानी जाहेरी दिने तयारीमा छौँ ।’

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>