Samriddhipost
२०८२ असार ०६ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ असार ०६ गते शुक्रबार

देवल दिव्यपुरका महिलाहरूका लागि होजियारी तालिम सुरु

खडक बहादुर कोली

      अजयमेरु गाउँपालिकाको ५ नम्बर वडा कार्यालय देवल दिव्यपुरमा महिलाहरूका लागि होजियारी तालिम सुरु भएको छ । अजयमेरु गाउँपालिका र एकीकृत विकास समाज डडेल्धुराको संयुक्त आयोजनामा सञ्चालन भएको तालिममा देवल दिव्यपुर ५ नम्बर वडा कार्यालयका १२ जना दलित, गैरदलित महिलाहरूका लागि १८ दिने होजियारी तालिम सुरु 

गरिएको ५ नम्बर वडाका वडा अध्यक्ष राज पालले जानकारी दिएका छन् । उनका अनुसार यो तालिममा ऊन बाट स्वीटर, टोपी, मोजा लगायतका कपडा बुन्ने काम मसिनद्वारा सिकाइदै छ । यसभन्दा अगाडि सानो मसिनद्वारा सिकाइएका १२ महिलाहरुलाई पुनर्ताजकी गराउने उद्देश्यले पुनः ठूलो मसिन किनेर तालिम दिइ

रहेको वडा अध्यक्ष पालले बताएका छन् । पहिलो चरणमा सानो मसिनबाट तालिम दिइएको थियो भने अहिले ठूलो मसिन किनेर तालिम दिदै आएका छौ । मसिन किन्दा १ लाख ४० हजार मूल्य 

परेको  थियो । अहिले वडा कार्यालयले ठूलो मसिन किन्यौ सो मसिनबाट स्वीटर, टोपि, स्कुल डे«स, कर्मचारीका डे«स, मोजा बनाउन सिक्न सजिलो भएको छ । सो ठूलो मसिनको मुल्य र कार्यक्रममा लाग्ने खर्च लगाएर अनुमानित कार्यक्रमको बजेट ४ लाख लाग्ने अनुमान गरिएको 

छ । दोस्रो तालिमबाट महिलाहरु दक्ष भएपछि तेस्रो चरणमा दक्ष महिलाहरूलाई विद्यार्थीहरुका ड्रेस र सरकारी कर्मचारीका ड्रेस सिकाइ जीविकोपार्जनका लागि यो सिप सिकाइरहेको बताए । गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम र गैर परम्परागत क्षेत्रमा महिला उद्यमशीलता विकास परियोजनाद्वारा संयुक्त रुपमा सञ्चालित तालिममा सहभागी महिलालाई तालिम सिकी उद्यमी बनी घरघरमा बसी व्यापार र व्यवसाय गर्न सक्ने र उत्पादन 

गरेको लत्ता कपडाहरु बजारीकरणका लागि वडा कार्यालयले बिक्री वितरणका लागि बजारको व्यवस्थापन समेत गर्ने ५ नम्बरका वडा अध्यक्ष राज पालले प्रतिबद्धता समेत गरेको बताए । 

गत अषाढ ३ गते सञ्चालन भएको होजीयारी तालिममा उद्घाटन समारोहमा बोल्दै अध्यक्ष पालले हामीले १२ महिलाहरूलाई एक चरणमा तालिम दियौ, दोस्रो चरणमा तालिम दिँदैछौं, तेस्रो चरणमा तालिम दिई दक्ष महिलाहरुलाई विद्यार्थी र सरकारी कर्मचारीका ड्रेसहरुका लागि तालिम सञ्चालन गरिने र उत्पादन गरेका कपडाहरु बिक्री वितरण तथा 

बजारीकरणका लागि अझै अजयमेरु गाउँपालिकासँग समन्वय समेत गरिने छ । यस तालिमबाट महिलाहरू उद्यमी बन्ने, रोजगार बन्ने, रोजगार तिर आकर्षित हुने र विद्यार्थी तथा कर्मचारीहरूलाई उत्पादन गरेका कपडाहरू सुपथ मूल्यमा समेत विक्री वितरण 

गरिने योजना रहेको छ । यो तालिम देबल दिव्यपुरको स्रोत केन्द्र भवनमा सुरु भएको छ । डडेल्धुरा जिल्लामा तालिम दिने प्रशिक्षक नमिलेकोले धनगढीबाट प्रशिक्षक बोलाइएको आयोजकले जानकारी दिएका छन् । यसभन्दा अगाडि अजयमेरु गाउँपालिका ५ नम्बर वडा कार्यालयले दुना टपरी, बाख्रा पालन, तरकारी, अभिमुखीकरण तालिम लगायत विभिन्न तालिम तथा जनचेतनामुलुक तालिम दिएर वडाहरूमा बाटाघाटा, सडक, खानेपानी, विद्युत लगायत महत्वपूर्ण विकासका काम गर्दै आइरहेको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>