डोटीमा जीप दुर्घटना हुदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
जिल्लाको दिपायल सायलको भित्रि सडकखण्ड अन्तरगत आर्दशबाट मल्लेखतर्फ जादैँ गरेको सु.प.प्र ०१००१ ज १२९५ नम्बरको जीप आर्दश गाउँपालिकाको मल्लेख (मौवा)मा दुर्घटना भएको जिल्ला प्रशासन कार्यालय डोटीका सूचना अधिकारी अनिल बुढाथोकीले जानकारी दिनुभयो ।
दुर्घटनामा २ जनाको घटनास्थलमै ज्यान गएको र ६ जना घाईते भएका छन् । घाईतेहरुको स्थानीय मौवा स्वास्थ्य चौकीमा उपचार भइरहेको बताइएको छ । घाईतेमध्ये तीन जनाको अवस्था गम्भिर रहेको छ ।
मृतकाको पहिचान भने हुन बाकीँ रहेको जिल्ला प्रशासन कार्यालय डोटीले जनाएको छ । चालक भने फरार रहेका छन्
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया