Samriddhipost
२०८२ असार ०७ गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
भावना बडू
२०८२ असार ०७ गते शनिबार

“सिङ्गो पृथ्वी र मानव स्वास्थ्यका लागि योग” मूल नारासहित कञ्चनपुरमा अन्तर्राष्ट्रिय योग दिवस भव्य रूपमा सम्पन्न

“सिङ्गो पृथ्वी र मानव स्वास्थ्यका लागि योग” भन्ने मूल नाराका साथ कञ्चनपुरमा १०औँ अन्तर्राष्ट्रिय योग दिवस विशेष समारोहका साथ भव्य रूपमा सम्पन्न भएको छ। सो अवसरमा योग अभ्यास, प्रशिक्षण, र जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिए।

नीति आयोग सुदूरपश्चिम प्रदेशका सदस्य डा. हिरा चन्दको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा उहाँले योगलाई केवल शारीरिक अभ्यास नभई जीवनशैली र दर्शनका रूपमा लिनुपर्नेमा जोड दिनुभयो। “योग मानव शरीर, मन र आत्माबीच सन्तुलन ल्याएर विश्व शान्ति र स्वास्थ्यको मार्ग हो,” उहाँको भनाइ थियो।

कार्यक्रममा प्रादेशिक स्वास्थ्य प्रवर्धन केन्द्र, धनगढी–कैलालीका प्रमुख हेमराज खड्काले योगको दीर्घकालीन स्वास्थ्य लाभ, नसर्ने रोग र दीर्घ रोगहरू बारे प्रशिक्षण दिनुभयो। उहाँले भने, “योगले हृदयघात, उच्च रक्तचाप, मधुमेह, मोटोपनाजस्ता दीर्घरोगहरूको जोखिम घटाउँछ। साथै, मानसिक स्वास्थ्य सुदृढ गर्न, तनाव व्यवस्थापन गर्न र शरीरलाई ऊर्जावान राख्न योग अत्यन्त प्रभावकारी माध्यम हो।”

उक्त कार्यक्रमको आयोजना अन्तर्राष्ट्रिय योग दिवस मूल समारोह समिति, कञ्चनपुरले गरेको हो। समन्वय महाकाली आयुर्वेद औषधालय, महेन्द्रनगर कञ्चनपुरले गरेको थियो। प्राविधिक सहयोग पतञ्जली योग समिति, नेपालले प्रदान गरेको थियो भने स्वास्थ्य कार्यालय कञ्चनपुर र प्रादेशिक स्वास्थ्य प्रवर्धन केन्द्र, धनगढी–कैलालीले सहयोग गरेका थिए।

कार्यक्रममा महाकाली प्रादेशिक अस्पतालका प्रमुख, महाकाली आयुर्वेदिक औषधालयका प्रमुख, योग प्रशिक्षक, स्वास्थ्यकर्मी, विद्यार्थी, समाजसेवी, स्थानीय अगुवा तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा सहभागीहरूले बिहानैदेखि सूर्य नमस्कार, विविध योग मुद्राहरू, प्राणायाम तथा ध्यानको अभ्यास गर्दै योगको प्रभावकारिताको प्रत्यक्ष अनुभव लिएका थिए। प्रशिक्षकहरूले दैनिक जीवनमा योगका उपयोग, फाइदा र रोगप्रतिकारक क्षमतामा सुधार कसरी ल्याउने भन्नेबारे प्रस्तुति दिएका थिए।

समारोहमार्फत “सिङ्गो पृथ्वीको स्वास्थ्य सन्तुलन र मानव स्वास्थ्यको समृद्धि” सुनिश्चित गर्न योग अभ्यास आवश्यक रहेको सन्देश प्रवाह गरिएको आयोजकले जनाएको छ।

 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>