प्रहरीले शुक्रबार कञ्चनपुरको पुनर्वासबाट ठूलाे परिमाणमा घातक लागुपदार्थ खैरो हेरोइनसहित दुईजना र कैलालीमा चार जनालाई नियन्त्रणमा लिएको छ ।
लागूऔषध व्युरो सुदूरपश्चिमको टोलीले पुनर्वास नगरपालिका–६ स्थित सम्राट होटलबाट २७३.२६० ग्राम खैरो हेरोइन्सहित दुई जनालाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले सो होटलबाट खैरो हेरोइनसहित दार्चुलाको महाकाली नगरपालिका–३ का ४२ वर्षीय नरसिंह महरा र पुनर्वास नगरपालिका–६, ङ गाउँका ५० वर्षीय दीपक बिसी पक्राउ परेका हुन् ।
सम्राट होटेलको कोठामा शंकास्पद रूपमा बसेका उनीहरूलाई चेकजाँच गर्दा महराको झोलाभित्र सेतो प्लास्टिकमा बेरिएको ५ वटा पोका फेला परेका प्रहरीको भनाई छ । ती पोकामा बरामद पदार्थको शुद्ध तौल २७३.२६० ग्राम रहेको प्रहरीले जनाएको छ ।
दुबै जनालाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा बुझाइएको छ ।
त्यस्तै, शुक्रबार नै कैलालीको धनगढी र टीकापुर क्षेत्रबाट लागुऔषधसहित चार जना पक्राउ परेका छन् ।
प्रहरीका अनुसार धनगढी उपमहानगरपालिका–३ सहिद गेटबाट २७ वर्षीय जीवन चौधरी पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–१३ का चौधरीलाई स्थायी प्रहरी चटकपुरको टोलीले २ ग्राम पाँच सय २० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरेको हो ।
कैलालीको टीकापुर नगरपालिका ९ खक्रौला चेकपोष्टबाट १८ वर्षीय र १५ वर्षीय किशोरहरु पक्राउ परेका छन् । टीकापुर नगरपालिका–१ का उनीहरू सात सय ५० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ परेका प्रहरीले जनाएको छ ।
त्यस्तै, धनगढी उपमहानगरपालिका–१० घुइयाँघाटबाट २२ वर्षीय कोसरोज राना १ सय ५० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ परेका छन् ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया