राष्ट्रिय स्वतन्त्र पार्टीको तेस्रो स्थापना दिवस शुक्लाफाँटा नगरपालिकामा मनाइएको छ। पार्टी स्थापना दिवसका अवसरमा शुक्लाफाँटा नगरपालिकाको झलारी बजारमा पार्टी कार्यालयको उद्घाटन गरिएको छ।
नगर पार्टी कार्यालयको स्थापना कार्यक्रममा शुक्लाफाटा नगरपालिकामा विभिन्न पार्टी परित्याग गरी आठ जनाले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेका छन्। पार्टी प्रवेश गर्नेहरूमा वडा नम्बर १०बाट नरेन्द्र भण्डारी महेश बोहरा गणेशदत्त भट्ट र नन्दादेवी भट्ट रहेका छन्। भने वडा नम्बर ५ का एकीकृत समाजवादीका नेता पदमराज जोशीले पार्टी प्रवेश गरेको नगर सचिव जेनरल बिष्टले बताउनुभएको छ। पार्टी स्थापना दिवसका अवसरमा वडा नं ७ का गणेश सिंह साउद नवराज अवस्थित र वडा नम्बर ८ का दलबहादुर खत्रीले पनि पार्टी प्रवेश गरेको जानकारी गराउनुभएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीको सूचना तथा सञ्चार प्रविधि विभागका केन्द्रीय सदस्य ज्ञानेन्द्र महताको प्रमुख आतिथ्यतामा पार्टी कार्यालय स्थापना कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता शुक्लाफाटा नगर सभापति हरिश धामीले गर्नुभएको थियो।
पार्टीका नियमित गतिविधिहरू सहज रूपमा सञ्चालन गर्न कार्यालयको स्थापना गरिएको राष्ट्रिय स्वतन्त्र पार्टीले बताएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापना दिवसका अवसरमा विभिन्न कार्यक्रमहरु गरी स्थापना दिवस मनाइएको छ ।
पार्टी स्थापना दिवसका अवसरमा कार्यक्रममा प्रमुख अतिथि रहेका केन्द्रीय सदस्य महताले सरकारले गरेका गतिविधिहरूप्रति असन्तुष्टि व्यक्त गर्दै खबरदारी गर्न अनुरोध गर्नुभयो। शनिबार झलारीमा भएको कार्यक्रममा आफ्ना पार्टी सभापति माथि सरकार र न्यायालयले अन्याय गरेको दुखेसो पोखेका छन् । महेन्द्रनगरमा शनिबार पार्टी सभापति रवि लामिछानेको न्यायका लागि एक व्यक्ति एक दियो बालेका छन्।
पार्टीका सुक्लाफाटा नगर सभापति हरिश धामीले अहिले सिङ्गो राज्य भ्रष्टाचार र अपराधमा लिप्त रहेको आरोप लगाउनुभयो । पार्टी कार्यालय उद्घाटनका अवसरमा स्थानीय नेता कार्यकर्ताहरू सहभागी रहेका थिए।
नगरपाटी कार्यालय उद्घाटन कार्यक्रममा स्वागत मन्तव्य जिल्ला सदस्य शिवराज भट्टले गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन शुक्लाफाटा नगर सचिव जेनल बिष्टले गर्नुभएको थियो।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया