लेकम गाउँपालिका निर्माण हेर्ने प्राविधिक कर्मचारी सब ओभरसियरले निर्माण व्यवसायलाई लगानी गर्छन् । यसपछि आफैले योजना हेर्छन् र निर्माण व्यवसायीको भुक्तानी हुन्छ। अनि आफूले लगानी गरेको रकम समेत थप ४ लाख रुपैयाँ लिन्छन् ।
यो थप लिएको रकम कमिसनमा कट्टा भएको बताइन्छ । यसरी निर्माण व्यवसायी र प्राविधिक मिलेर योजना सञ्चालन हुन्छन्। योजना सञ्चालनको तीन चार वर्षमा विवाद सतहमा आउँछ। निर्माण व्यवसायी मोहनदेव अवस्थीले जिल्ला प्रशासन कार्यालय दार्चुलामा निवेदन दर्ता गरेपछि कुराहरू बाहिर आउँछ। निवेदनमा स्पष्ट उल्लेख छ रकम कमिसनमा कट्टा भयो । त्यसपछि जिल्ला प्रशासनले गाउँपालिकाको न्यायिक समितिलाई पत्र पठाएर छानबिन गर्न भन्छ।
यो आफै धामी आफै बोक्सी भनेजस्तो देखिन्छ गाउँपालिका उपाध्यक्षको नेतृत्वमा न्यायिक समिति हुन्छ। यिनै उपाध्यक्षले योजनाहरूको अनुगमन निरीक्षण गरेर भुक्तानी हुने व्यवस्था छ। निर्माण व्यवसायी र प्राविधिकको मिलोमतो लगानी लेनदेन गरी निर्माण गरेको सडक त्यही न्यायिक समितिका प्रमुख उपाध्यक्षले अनुगमन गरेर भुक्तानी गरिएको हुन्छ। प्रशासनले त्यही न्यायिक समितिलाई छानबिन गर्न अनुरोध गर्दै पत्राचार गरेको छ। यो हेर्दा लाग्छ आफै धामी आफै झाँक्री बनेको हो न्यायिक समिति ।
यसरी योजनामा लेनदेन गरेको विषय अख्तियारमा पठाएर छानबिन गर्नुपर्ने भएपनि प्रशासनले गाउँपालिकालाई पत्राचार लेख्दै न्यायिक समितिमा छलफल गर्न भनेर पठाएको छ। यस्तो भएपछि समृद्धि पोस्ट डट कमले दार्चुला जिल्लाका प्रमुख जिल्ला अधिकारीअनिल पौडेललाई सम्पर्क गरी के कसो भएको हो भनेर सोध्दा उहाँले दुवै बीचको आपसी लेनदेन हो वा योजनाको विषय हो यो छुट्याउनका लागि पालिकालाई पठाएको पालिकाको न्यायिक समितिबाट जवाफ आएपछि आफूले अख्तियार वा प्रहरी केमा पठाउने भन्ने यकिन गर्ने बताउनुभयो।
निर्माण व्यवसायीकै निवेदनमा जब प्राविधिक कर्मचारीको दुई लाख लगानीमा आफूले काम गरेको र कर्मचारीले ६ लाख लगेको दाबी गर्दै ४ लाख फिर्ता माग्दै प्रशासनमा निवेदन दिएको छ। निवेदनमै लेखेको छ प्राविधिक कर्मचारीले कमिसनमा रकम कट्टा भयो भनेर रकम फिर्ता गरेन।
यस आरोपबाटै पनि प्रष्ट हुन्छ कि कर्मचारी र निर्माण व्यवसायीको मिलोमतो छ, लगानी छ। यसरी योजना निर्माण गर्ने विषयमा कर्मचारी र निर्माण व्यवसायीको लेनदेन हुन्छ। अनि त्यही गाउँपालिका उपाध्यक्ष नेतृत्वमा अनुगमन हुन्छ र भुक्तानी हुन्छ। अहिले त्यही उपाध्यक्ष नेतृत्वको न्यायिक समितिले कसरी न्याय सम्पादन गर्छ। आफै धामी आफै झाँक्रीको विषय भएको छ।
थप यसरी पनि प्रष्ट हुन्छ। जिल्ला प्रशासन कार्यालय दार्चुलाले पालिकालाई पत्राचार गरेपछि निर्माण व्यवसायी मोहनदेव अवस्थीले समृद्धि पोष्ट डर कम सँग भने हाम्रो कुरो मिलिसक्यो भने। कसरी मिल्यो त कुरो भन्ने जिज्ञासामा उनले भने प्राविधिकले खातामा पैसा हालिदिन्छु भनेको छ। यसरी यति लामो समयसम्म रकम फिर्ता नगरेर कमिसनमा कट्टा भयो भन्ने प्राविधिकले एकैछिनमा एकाएक छानबिन समितिमा पठाउने भनेपछि कसरी कुरो मिल्छ ? भन्नुको अर्थ छानबिन हुने भएपछि दुवै पक्ष भ्रष्टाचार आरोपमा पक्रिने भएका कारण कुरा मिलेको हुन सक्ने लेकम गाउँपालिकाका एक स्थानीयले नाम उल्लेख नगर्ने सर्तमा भने पहिला कमिसन लिए। अहिले छानबिन हुने भएपछि योजना लिने योजना अनुगमन गर्ने र प्राविधिक सबै मिलेर कुरो मिलिसक्यो भनेका हुन्।
यो लेनदेनको विषय उठान गर्दै निर्माण व्यवसायी मोहनदेव अवस्थीले जिल्ला प्रशासनलाई निवेदनका साथमा बैंक स्टेटमेन्ट समेत दिएका छन्। योसँगै जिल्ला प्रशासनले गाउँपालिकालाई लेखेको पत्र समेत माथि फोटोमा राखिएको छ।
गाउँपालिका स्रोतले अहिले न्यायिक समिति छलफलमा बसेको बताएको छ। यो समाचार तयार पार्दासम्म यस विषयमा न्यायिक समितिले छलफल टुङ्ग्याई सकेको छैन ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया