कञ्चनपुर जिल्लाका नौ वटै स्थानीय तहले आगामी आर्थिक वर्ष २०८२।०८३ का लागि नीति, कार्यक्रम र बजेट पारित गरेका छन् । सबै पालिकाले विगतका कार्यक्रमलाई नै निरन्तरता दिएको पाइएको छ । नौ वटै पालिकाको बजेट ७ अर्ब नाघेको छ ।
कञ्चनपुर जिल्लाको सबैभन्दा पुरानो नगरपालिका भीमदत्त नगरपालिकाले मंगलबार १७औँ नगर सभामार्फत १ अर्ब ९३ करोड रुपैयाँको बजेट पारित गरेको छ । नगरपालिकाले छोरी बुहारीलाई उच्च शिक्षामा छात्रवृत्ति उपलब्ध गराउने कार्यक्रमसहित शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रलाई प्राथमिकता दिएको जनाएको छ ।
कृष्णपुर नगरपालिकाले १ अर्ब १ करोड रुपैयाँ बराबरको बजेट पारित गरेको छ भने वेदकोट नगरपालिकाले ९८ करोड ६५ लाख बराबरको बजेट पारित गरेको छ । दुवै नगरपालिकाले शिक्षा र स्वास्थ्य लगायतका सामाजिक सेवा क्षेत्रमा प्राथमिकता दिएको बताइएको छ ।
मङ्गलबार नै शुक्लाफाँटा नगरपालिकाले ९२ करोड रुपैयाँ बराबरको बजेट र पुनर्वास नगरपालिकाले ७५ करोड ७७ लाख बराबरको बजेट पारित गरेका छन् । बेलडाँडी गाउँपालिकाले ५४ करोड ५० लाख रुपैयाँको बजेट पारित गरेको छ । गाउँपालिकाले अढाई दशकयता दलदलमा परिणत भएको डेढ हजार बिघा भन्दा बढी खेतीयोग्य जमिनलाई पुनरुत्पादन लागि ठोस कदम चाल्ने जनाएको छ ।
यसअघि बेलौरी नगरपालिका र दोधाराचाँदनी नगरपालिकाले आइतबार नगर सभा सम्पन्न गर्दै दुवैले ७६ करोड रुपैयाँ बराबरको बजेट पारित गरेका थिए । बाढीका कारण डुबानको जोखिममा पर्ने यी दुवै पालिकाहरूले विपद् व्यवस्थापन र पूर्व तयारीमा विशेष प्राथमिकता दिएको जनाइएको छ ।
लालझाडी गाउँपालिकाले भने शुक्रबार नीति तथा कार्यक्रम र सोमबार बजेट सार्वजनिक गर्दै ४३ करोड ६५ लाख रुपैयाँको बजेट पारित गरेको छ । प्राय: सबै पालिकाहरूले अघिल्ला वर्षका योजनाहरूलाई निरन्तरता दिँदै केही नयाँ नारा र प्राथमिकता सहित नीति तथा कार्यक्रम र बजेट अघि सारेका छन् ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया