Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ असार ११ गते बुधबार

दाेधारा चाँदनी नगरमा गाेहिले काेरल्याे २७ बच्चा, स्थानिय त्रसित

दोधारा चाँदनी नगरपालिका वडा नं ६ स्थित शान्ति टोलमा गोहीले गाउँकै पोखरी किनारमा बच्चा जन्माएको अनौठो घटना सार्वजनिक भएको छ। स्थानीय बासिन्दाले बारम्बार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलाई जानकारी गराउँदा समेत कुनै चासो नदिएको गुनासो गरेका छन्।

वडाध्यक्ष ओम बस्नेतका अनुसार यो पहिलो पटक होइन। यसअघि पनि गोहीले गाउँकै आसपासमा बच्चा जन्माएको घटना देखिएको थियो, तर त्यतिबेला पनि निकुञ्ज प्रशासन मौन रहेको उनले बताए। “यसपटक पोखरीको किनारमा गोहीले २७ वटा बच्चा जन्माएको देखिएको छ। केही बच्चालाई गोहिले मुखमा हालेर पोखरीतिर लाने दृश्य देखिएको छ,” उनले बताए।

स्थानीय बासिन्दा त्रासमा छन्। उनीहरूका अनुसार गोहीको उपस्थिति बालबालिका, पशुचौपाया र गाउँकै सुरक्षाका लागि खतरा बन्न सक्छ। “निकुञ्जले गम्भीरता नदेखाएको अवस्था दुःखद छ,” वडाध्यक्ष बस्नेतले भने, “अब कुनै अप्रिय घटना भएमा यसको सम्पूर्ण जिम्मेवारी सम्बन्धित निकायले लिनुपर्छ।”

स्थानीयले वन तथा निकुञ्ज कार्यालयलाई यस प्रकारका वन्यजन्तुको उचित व्यवस्थापन गर्न र मानव बस्तीको सुरक्षाका लागि तत्काल कदम चाल्न आग्रह गरेका छन्। घटनापछि क्षेत्रको सुरक्षा र जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने मागसमेत उनीहरूले गरेका छन्।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>