आकर्षक रोजगारीको प्रलोभन देखाएर भारत उत्तराखण्डको रुद्रपुर र काशीपुरमा बन्धक बनाइएका ५७ जना नेपालीलाई उद्धार गरी आज बुधबार गड्डाचौकी नाका हुँदै नेपाल भित्र्याइएको छ ।
गड्डाचौकी नाकामा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल र सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआईजी डम्बरबहादुर विश्वकर्माले उनीहरुको स्वागत पनि गरेका छन् ।
‘किन इन्डिया’ नामक संस्थाको सहयोगमा भारतको नयाँदिल्लीस्थित नेपाली दूतावासले उनीहरुको उद्धार गरेको हो ।
उद्धार गरिएका मध्ये सुदूरपश्चिम घर भएकालाई आजै उनीहरुको घरतर्फ पठाइउको छ भने टाढा घर भएकालाई विभिन्न संघ संस्थाले बास र खानाको व्यवस्था गरेका छन् ।
उद्धार गरिएकामध्ये सुदूरपश्चिमको कैलालीका ९ जना र डोटीका २ जना रहेका छन् ।
त्यस्तै, चितवनका १०, सुनसरीका ५, उदयपुर, तेह्रथुमका र पाँचथरका ४–४, दाङ, स्याङजा र बाँकेका ३–३ जना, ताप्लेजुङ र धादिङका २–२ जना तथा सर्लाही, कास्की, रुकुम, बाग्लुंग, इलामा र रुपन्देहीका १–१ जनालाई उद्धार गरेर ल्याइएको छ ।
काशीपुरबाट ३५ जना र रुद्रपुरबाट २२ जनालाई उद्धार गरिएको हो ।
आकर्षक रोजगार दिने भन्दै रकमसमेत असुले पनि काशीपुर र रुद्रपुरमा उनीहरुलाई बन्धक बनाएर राखिएको पीडितहरुको भनाई छ ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया