कञ्चनपुरको कृष्णपुर नगरपालिका १ मा लागू पदार्थ ओसारपसार तथा दुर्वेसनी विरुद्ध जनचेतनामूलक rally आयोजना गरिएको छ।
नगरपालिका वार्ड नं १ मा रहेको बैजनाथ बाल क्लबको आयोजना र वडा नम्बर १ को आर्थिक सहयोगमा अन्तर्राष्ट्रिय लागू औसत तथा अवैध तस्करी विरुद्ध दिवसको अवसरमा लागूपदाथ दुर्वेशनी सम्बन्धी र्याली राधाकृष्ण मन्दिर दोमिल्लाबाट सुरु भई पहरिया वडा कार्यालय सम्म भएको थियो ।
भोलि शुक्रबार बिहान ठिक ७ बजेबाट कालिका मावि बन्ड देखि सुरु भई वंक हुँदै पुनः वडा कार्यालयमै समापन हुने बैजनाथ बाल क्लबका कोषाध्यक्ष वासुदेव पाण्डेले बताएका छन्।
आजको यो र्याली झण्डै ४ किलोमिटर गाउँ बस्ती क्षेत्रमा रहेको थियो। उक्त सचेतनामूलक र्यालीमा वडा नम्बर १ का जनप्रतिनिधि अस्थायी प्रहरी पोस्ट पहरियाका प्रतिनिधि शिक्षक तथा विभिन्न विद्यालयका बाल क्लबका पदाधिकारीहरूको सहभागिता रहेको थियो।
र्यालीमा ८२ बालबालिकाहरू र १०-१५ जना स्थानीय विभिन्न संस्थाका प्रतिनिधि तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो ।२०८३ सालसम्म वडालाई बालमैत्री वडा घोषणा गर्ने अभियानमा हामी लागिपरेको कोषाध्यक्ष पाण्डेले बताए ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया