उपचारमा लापरवाही भएको भन्दै आन्दोलित भएका मृतकका आफन्त र स्थानीयहरू सँग सहमति गर्दै शुक्लाफाँटा नगरपालिका– १० झलारीस्थित टी एन्ड सी अस्पतालले १० लाख रूपैयाँ क्षतिपूर्ति दिन तयार भएपछि झलारीमा दिनभरि तनावग्रस्त बनेको अवस्था साम्य भएको छ।
शुक्लाफाँटा नगरपालिका–८, पारिफाँटाका ५० वर्षीय गौरसिंह ठगुन्नाको बिहीबार बिहान उपचारपछि घर फर्कने क्रममा मृत्यु भएको थियो । मधुमेह र दमका बिरामी ठगुन्नाको दुई दिनदेखि झलारी को टी एन्ड सी अस्पतालमा उपचार भइरहेको थियो।
बिहीबार बिहान उपचारपछि फर्कँदै गर्दा क्याम्पसरोड नजिक चिसो पेय पदार्थ सेवन गरेपछि उनी सोही स्थानमा ढलेका थिए । उनको ढलेकै ठाउँमा ज्यान गएको आफन्तजन हरूले बताएका छन । मृतकका दाजु जगदीश ठगुन्ना लगायत आफन्तहरूले अस्पतालले उपचारमा लापरवाही गरेको आरोप लगाउँदै शव नउठाउने, दोषी कारबाही र क्षतिपूर्तिको माग गरेका थिए।सो घटनापछि झलारी बजार र अस्पताल क्षेत्र दिनभरि तनावग्रस्त बनेको थियो।
ईलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक राजेश बस्नेतले घटनाको वास्तविक कारण पोष्टमार्टम रिपोर्ट आएपछि मात्र स्पष्ट हुने जानकारी दिएका छन । उनका अनुसार, “पोष्टमार्टम रिपोर्ट प्राप्त भएपछि मात्र मृत्युको कारणबारे यकिन गर्नसकिन्छ।” घटना सम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
टि एन्ड सी अस्पतालका सञ्चालक डा. ओम सिंहका अनुसार गौर सिंह लाई बिहीबार बिहान १० बजे अस्पतालबाट डिस्चार्ज गरिएको थियो। “उपचार पछि उनी घर फर्किएका थिए, तर १२ बजेतिर मृत्यु भएको खबर प्राप्त भयो,” उनले जानकारी दिए ।
तनाव बढेपछि स्थानीय, मृतकका आफन्त र अस्पताल प्रतिनिधि बीच भएको वार्तामा अस्पतालले मृतकका परिवारलाई १० लाख रूपैयाँ क्षतिपूर्ति दिने सहमति जनाएपछि आफन्तहरूले शव बुझेका छन्। मृतक ठकुनाको शब पोस्टमार्टम का लागि महाकाली प्रादेशिक अस्पताल लगिएको छ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया