Samriddhipost
२०८२ फागुन ०४ गते सोमबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ असार १३ गते शुक्रबार

यसईई परिक्षामा सुदुरपश्चिम दोस्रो अब्वल प्रदेश, देशभर कहाँको नतिजा कस्तो
यसईई परिक्षामा कुन बिषयमा कति फेल भए तस्वीरमा

यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एस.ई र्ई) मा सुदूरपश्चिमले उत्कृष्ट प्रदर्शन गरेको छ ।

सुदूरपश्चिमबाट सहभागी परीक्षार्थीको ठूलो संख्या सो परीक्षा कटाउन सफल भएका छन् ।

देशका सात प्रदेशमध्ये परीक्षाको ग्रेड प्रणालीमा समावेश हुनेको संख्या सुदूरपश्चिममा दोस्रो रहेको छ ।

असफलहरुलाई ननग्रेड र सफललाई ग्रेड भनिन्छ ।

माध्यामिक शिक्षा बोर्डले प्रकाशित गरेको नतिजा अनुसार ग्रेडमा समावेश हुने परीक्षार्थीको संख्याका आधारमा सुदूरपश्चिम देशकै दोस्रो प्रदेश बनेको छ ।

बोर्डका अनुसार सुदूरपश्चिमका ५९ हजार ८ सय ४ परीक्षार्थी ग्रेडमा परेका छन् । सुदूरपश्चिमलाई उछिन्दै बागमति प्रदेशका १ लाख १९ हजार ५ सय १७ परीक्षार्थी ग्रेडमा परेका छन् ।

कोसी प्रदेशका ४७ हजार ८ सय ३५, मधेस प्रदेशका ५९ हजार ७ सय ४९, गण्डकीका ४७ हजार ८ सय ४९, लुम्बिनीका ५७ हजार ६ सय ८७ र कर्णाली प्रदेशका ४६ हजार ४ सय ५५ परीक्षार्थी ग्रेडमा परेका छन् ।

गत वर्षको चैत ७ गतेदेखि सुरु भएको एसईईमा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए । जसमा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ जना थिए ।

यस वर्ष ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडमा समावेश भएका छन् । यो संख्या गत वर्षको तुलनामा झन्डै १४ प्रतिशतले बढी हो ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>