यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एस.ई र्ई) मा सुदूरपश्चिमले उत्कृष्ट प्रदर्शन गरेको छ ।
सुदूरपश्चिमबाट सहभागी परीक्षार्थीको ठूलो संख्या सो परीक्षा कटाउन सफल भएका छन् ।
देशका सात प्रदेशमध्ये परीक्षाको ग्रेड प्रणालीमा समावेश हुनेको संख्या सुदूरपश्चिममा दोस्रो रहेको छ ।
असफलहरुलाई ननग्रेड र सफललाई ग्रेड भनिन्छ ।
माध्यामिक शिक्षा बोर्डले प्रकाशित गरेको नतिजा अनुसार ग्रेडमा समावेश हुने परीक्षार्थीको संख्याका आधारमा सुदूरपश्चिम देशकै दोस्रो प्रदेश बनेको छ ।
बोर्डका अनुसार सुदूरपश्चिमका ५९ हजार ८ सय ४ परीक्षार्थी ग्रेडमा परेका छन् । सुदूरपश्चिमलाई उछिन्दै बागमति प्रदेशका १ लाख १९ हजार ५ सय १७ परीक्षार्थी ग्रेडमा परेका छन् ।
कोसी प्रदेशका ४७ हजार ८ सय ३५, मधेस प्रदेशका ५९ हजार ७ सय ४९, गण्डकीका ४७ हजार ८ सय ४९, लुम्बिनीका ५७ हजार ६ सय ८७ र कर्णाली प्रदेशका ४६ हजार ४ सय ५५ परीक्षार्थी ग्रेडमा परेका छन् ।
गत वर्षको चैत ७ गतेदेखि सुरु भएको एसईईमा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए । जसमा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ जना थिए ।
यस वर्ष ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडमा समावेश भएका छन् । यो संख्या गत वर्षको तुलनामा झन्डै १४ प्रतिशतले बढी हो ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया