Samriddhipost
२०८२ असार १६ गते सोमबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ असार १६ गते सोमबार

कञ्चनपुरमा निरन्तर आएको अविरल वर्षाले के-के क्षति गर्यो
फाइल तस्बिर

कञ्चनपुरमा आइतबारदेखि लागेको पानी सोमबारसम्म रहँदा धेरै ठाउँमा खेतहरू डुबान भएका छन्। बस्ती गल्लीहरू समेत डुबान भएका छन् भने कृष्णपुर नगरपालिका ५ पवित्र बस्ती नगरपालिकाकै वडा ७ मा कमला कार्कीको घर वडा नं राजघाटमा केशव साउथको घर मा पानी पसेर विस्थापित भएका छन् ।
यसैगरी पुनर्वास नगरपालिका ५ पशुपति चोकमा पानीले डुबान हुँदा सात घरका मानिस विस्थापित भएका छन्। पानी घटेसँगै घरहरूमा फिर्ता गर्ने तयारी भएको प्रहरीले जानकारी दिएको छ।
यसैगरी भीमदत्त नगरपालिका वडा १९ मा कलावती जोशीको घरमा पानी पस्दा पाँच घरका सदस्य र चौपाया स्थानीय सिद्धनाथ आधारभूत विद्यालयमा विस्थापित भएका छन्।
नगरपालिकाको वडा १५ स्थित डम्बर राणा क्षेत्रीले सञ्चालन गरेको बोइलर कुखुरा फार्ममा पानी पस्दा ५० कुखुरा मरेको र १० कट्टा दानामा पानी परेर क्षति भएको प्रहरीले जानकारी दिएको छ।

कञ्चनपुरमा पानीले क्षति गरेको विवरण
कृष्णपुर नगरपालिका ५ पवित्र बस्तीमा आरती बिकको घरमा पानी पसेर चारजनाको परिवार नजिकैको पवित्र आधारभूत विद्यालयमा सरेको । पानी घट्दो क्रममा रहेको घटेपछि घरमा फिर्ता हुने ।
२- कृष्णपुर नगरपालिका ७ कमला कार्कीको घरमा पानी बस्दा आफ्नै अर्को घरमा सरेका
३- कृष्णपुर नगरपालिका ९ राजघाट केशव साउथको घरमा पानी पस्दा छ जनाको परिवार आफन्तको घरमा सरेको।
४- पुनर्वास नगरपालिका ५ पशुपति चोकमा ७ जनाको घरमा पानी पस्दा आफन्तको घरमा सरेका पानी घट्दो क्रममा रहेको र केही बेरमा घर फिर्ता हुने स्थानीय प्रहरीले बताएको छ।
५- भीमदत्त नगरपालिका १९ बागफाटामा कलावती जोशीको घरमा पानी पस्दा ५ परिवारका सदस्य र चौपाया सिद्धनाथ आधारभूत विद्यालयमा सारेको
६- भीमदत्त नगरपालिका वडा १५ मा डम्बर राणा क्षेत्री को बोइलर कुखुरा फार्ममा पानी पस्दा ५० कुखुरा मरेको १० कठ्ठा कुखुराको दानामा पानी पसेर दाना खराब भएको विवरणहरू प्राप्त भएको छ ।
महाकाली नदीमा पानी ६७ हजार ३०० क्युसेक रहेको छ भने अन्य खोलाहरूमा बाढी एकदमै न्यून अवस्थामा रहेको छ। पानी पनि अहिले भर्खरको समयबाट थाकेको अवस्था छ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>