Samriddhipost
२०८२ असार १७ गते मङ्गलबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ असार १७ गते मङ्गलबार

विशेष अदालतले काठमाण्डूको नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतलाई भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणमा दोषी ठहर गर्दै सजायसमेत निर्धारण गरेको छ।


अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्य रामबहादुर थापाको इजलासले सोमवार बस्नेतलाई भ्रष्टाचार मुद्दामा ८ वर्ष ३ महिना जेल सजाय तोकेको अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले बताए। साथै उनले २ करोड ३० लाखभन्दा बढी जरिबाना बुझाउनुपर्ने फैसला पनि भएको छ।
उनलाई घुस दिने पद्मा कोलनी प्रालि, पद्मा मर्चेन्ट प्रालि र ती कम्पनीका अध्यक्ष राजुप्रसाद कँडेललाई पनि दोषी ठहर गरी सजाय तोकिएको छ।

 


त्यसै गरी सम्पत्ति शुद्धीकरण मुद्दामा पनि बस्नेतलाई दोषी ठहर गरी ३ वर्ष कैद सजाय र रु २६ करोड २५ लाखभन्दा बढी जरिबाना तोकिएको छ।
राष्ट्रसेवक सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर हुँदा लाग्ने थप १० प्रतिशत सजाय पनि उनमा लागु हुने फैसलामा लेखिएको छ।
उनी विसं २०७९ को स्थानीय निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट निर्वाचित भएका थिए। 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>