कञ्चनपुरको कृष्णपुरमा नालामा लडी डुबेर एक व्यक्तिको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार कृष्णपुर नगरपालिका-३, देखतभुली निवासी ४० वर्षीय अशोक चौधरी गएराति करिब १०:१५ बजे आफ्नै घर नजिकको सडक छेउमा रहेको नालामा लडेका थिए ।
सोही नालामा डुबेर गम्भीर घाइते भएका उनलाई तत्कालै उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी कैलाली लगिएको थियो । तर अस्पतालमा चिकित्सकले उनलाई मृत घोषणा गरेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । भारी वर्षासँगै सडक छेउका नाला खुला र जोखिमपूर्ण रहँदा दुर्घटना भएकोप्रति स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन्
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया