Samriddhipost
२०८२ असार १७ गते मङ्गलबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ असार १७ गते मङ्गलबार

बिचौलिया हावी सरकार निरीह : प्रदेश सभा सदस्य भाट
फायल तस्वीर

सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री ओमविक्रम भाट ‘सरल’ले प्रदेश सरकारको बजेटले संघियतालाई गिज्याइरहेको बताएका छन् । प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा सहभागी हुँदै माओवादी केन्द्रका प्रदेशसभा सदस्य रहेका भाटले बजेटमा उठेका प्रश्नले प्रदेश र संघियतालाई गिज्याइरहेको बताएका हुन् । 
भाटले प्रदेश र जनताको आवश्यकतालाई आगामी आर्थिक वर्षको बजेटले रत्तिभर पनि सम्बोधन गर्न नसकेको बताए । ‘बलियो भनिएको सरकारको फितलो र कमजोर बजेट छ,’ उनले भने, ‘बजेट बितरणमुखी र स्रोत व्यवस्थापन गर्न नसक्ने गरि आएको छ । यसले सुदूरपश्चिम प्रदेशको दिगो विकास र समृद्धिको लक्ष्य हासिल गर्न सक्दैन ।’
बजेटमा अर्थ मन्त्रालय निरीह देखिएको पूर्वमन्त्री भाटको तर्क छ । ‘अर्थ मन्त्रालय निरीह हुनु भनेको सरकार निरी हुनु हो,’ उनले भने, ‘बिचौलियाहरु हाबी छन् भन्नेकुरा घाम जस्तै छर्लङ्ग देखिएको छ ।’
नीति कार्यक्रममा जनतालाई ठुला सपनाको भारी बोकाइएको बताउँदै उनले त्योअनुसार बजेट आउन नसकेको बताए । ‘नीति तथा कार्यक्रममा गधालाई बाघको छाला लगाइदिएर बाघ देखाउने प्रयत्न गरिएको थियो,’ उनले भने, ‘तर, बजेटसम्म आउँदा त्यो गधा करायो र सबैले बाघ होइन यो गधा हो भन्ने अहिले थाहा पाए । मैले यो कुराको संकेत नीति कार्यक्रमको छलफलमा सहभागी हुँदा गरेको थिए ।’
सरकारले प्रदेश गौरवका योजनाहरुमा एक हजार विनियोजन गरेर आफ्नो भिजन र कार्यदक्षतामाथि गम्भीर प्रश्न उठाएको छ । ‘बाहिरबाट हेर्दा प्रदेशमा झण्डै दुई तिहाइको सरकार छ, तर अन्तर्यमा गहिरिएर हेर्दा अढाई सरकार ,’ उनले भने, ‘हाम्रो प्रदेशमा एक सरकार कांग्रेसको एक एमालेको र आधा नागरिक उन्मुक्ति पार्टीको छ । यसको प्रष्ट चित्र बजेट केलाएर हेर्ने हो भने त्यहाँ देखिन्छ ।’
भाटले प्रदेश र जनताका पक्षमा उभिएर बजेटलाई फेल गर्न प्रदेशसभा सदस्यलाई आह्वान पनि गरे । 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>