Samriddhipost
२०८२ असार २२ गते आइतबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ असार २१ गते शनिबार

सडक निर्माण गरेको केही दिनमै भत्किन सुरु निर्माण कम्पनी र पूर्वाधार विकास कार्यालयको मिलोमतो थियो ?

पूर्वाधार विकास कार्यालय बझाङले ग्वाल्लेक निर्माण सेवा मार्फत निर्माण गरिएको बझाङको दुर्गाथली गाउँपालिकाको मौरीबगर चौधरी सडकखण्ड निर्माण भएको केही दिनमा चर्किन तथा भाँसिन थालेको छ।

यो सडक निर्माणका क्रममा केही इन्जिनियरहरूले सडकको ग्रेड नमिलेको नालीको साइज नमिलेको लगायत विभिन्न प्राविधिक कारणले समेत यो सही नभएको बताइरहेका बखत पूर्वाधार विकास कार्यालयले एकतर्फी ढंगले निर्माण गरेर लगेको हो।

यस्तो अवस्थामा सडक निर्माण गरेको केही दिनमै भासिन र चर्किन थालेको छ। यस्तो अवस्था आएपछि दुर्गाथली गाउँपालिकाका अध्यक्ष दिलबहादुर थापाले पूर्वाधार विकास कार्यालय बझाङ र निर्माण कम्पनीका प्रतिनिधिसहित स्थलगत अनुगमन गरेर सुधार गर्न भनेका छन् ।

यो कस्तो निर्माण गर्नुभयो भनेर बझाङ पूर्वाधार विकास कार्यालयका प्रमुख इन्जिनियर नृप जोशीलाई दुईपटक फोन सम्पर्क गर्दा उहाँको फोन उठेन। उहाँसँगै सम्पर्क नम्बर मागेर निर्माण कम्पनीसँग सम्पर्क गर्ने प्रयास पनि अधुरो रहेको छ।

यसरी भूगोलको अध्ययन नगरी अनुमानकै भरमा गरिने निर्माणले सडक निर्माण सम्पन्न नगर्दै बिग्रिरहेका छन् भने कतिपय ठाउँमा ठेक्का लगाउने कार्यालय र निर्माण कम्पनीले गुणस्तरीय तरिकाले काम नगर्दा समेत यस्तो समस्या आउने गरेको छ।

यो सडकमा निर्माण कम्पनी र पूर्वाधार विकास कार्यालय दुवैले ठिक ढंगले काम नगरेको हो कि भन्ने स्थानीयलाई लागेको छ।

भिडियो हेर्नको लागि तलको लिङ्क क्लिक गर्नुहोला।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>