Samriddhipost
२०८२ असार २४ गते मङ्गलबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ असार २४ गते मङ्गलबार

रसुवाको गोसाइकुण्ड गाउँपालिका–२, रसुवागढीस्थित लेन्दे नदीमा आएको बाढीमा बेपत्ता भएका १८ जनाको पहिचान खुलेको छ । बाढीमा बेपत्ता भएका तीनजना प्रहरी, नौजना सर्वसाधारण र ६ जना चिनियाँ नागरिकको पहिचान खुलेको सशस्त्र प्रहरीले जनाएको छ । रसुवागढीस्थित नेपाल–चिन अन्तर्राष्ट्रिय सीमा नाकामा चीनतर्फ अविरल वर्षाको कारण लेन्दे नदीमा बाढी आउँदा उनीहरू बेपत्ता भएका हुन् । बेपत्ता भएका तीनजना प्रहरीमा रसुवामा दरबन्दी भएर इलाका प्रहरी कार्यालय टिमुरे रसुवामा कार्यरत थिए । जसमा रामेछापको लिखु तामाकोसी गाउँपालिका–४ का प्रहरी सहायक निरिक्षक लालबहादुर श्रेष्ठ, बाराको फेटा गाउँपालिका–१ का प्रहरी जवान मुन्ना ठाकुर र बझाङको बुंगल नगरपालिका–९ का प्रहरी जवान लोकेन्द्र बोहोरा छन् । बेपत्ता भएका ६ जना चिनियाँ नागरिकमा यू यी, ली ह्वासिङ, याङ चुआन, यू हैहाङ, यू सिओ क्यु र जोउ योङ छन् । 

बेपत्ता भएका अन्य नेपाली नागरिकमा बर्दियाका जिपन चौधरी, सन्तोष दइत, बुद्धिराम थारू, लक्ष्मीनारायण थारू, सुरेश थारू छन् । यस्तै, बाग्लुङका नरेन्द्र बिक, सिन्धुपाल्चोकका सवारी चालक फुर्वा लामा, मिक्चर चालक गोविन्द मोक्तान र हाइलक्स चालक लोकमान तामाङ छन् ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>