Samriddhipost
२०८२ असार २४ गते मङ्गलबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ असार २४ गते मङ्गलबार

सुदूरपश्चिम विश्वविद्यालयका रजिस्ट्रारलाई अखिल क्रान्तिकारीको चार बुँदे ज्ञापन

अखिल क्रान्तिकारीले सुदूरपश्चिम विश्वविद्यालयका रजिस्ट्रार प्राडा विनोद लेखकलाई विभिन्न माग राखेर ज्ञापनपत्र बुझाएका छन्।  अखिल क्रान्तिकारीका जिल्ला इन्चार्ज डम्बर कुँवर र जिल्ला अध्यक्ष दलबहादुर धामी अविरल द्वारा हस्ताक्षरित विज्ञप्ति सहित केन्द्रीय सचिवालय सदस्य गणेश मिश्र केन्द्रीय सदस्य राजीव दमाई जिल्ला उपाध्यक्ष तिलक ठगुन्ना लगायतले रजिस्टर लेखकलाई ज्ञापनपत्र बुझाएका हुन् ।
ज्ञापन पत्रमा विश्वविद्यालयको हित विपरीत निर्णय तथा कार्यविधिहरू खारेज गर्न विश्वविद्यालयलाई दीर्घकालीन रुपमा कुनै पनि प्रकारको असर नपर्ने निर्णय तथा कार्यविधिहरू यथाशीघ्र सञ्चालन गर्न अपिल गर्दै २४ घण्टे अल्टिमेटम दिएका छन् । 
माग बेवास्ता गरी जिल्ला समितिले कला सङ्घर्ष गर्ने चेतावनी यसै पत्रमार्फत दिन चाहन्छौं उल्लेख गरिएको छ। यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार स्वयं विश्वविद्यालयको नेतृत्वले लिनुपर्ने व्यहोरा समेत जानकारी गर्दछौं। विज्ञप्तिमा उल्लेख छ।
यस्ता छन् मागहरू
१. मिति २०८२२०३१२ गते सुप.वि केन्द्रीय कार्यालयले रिक्त रहेका पदाधिकारीहरु मध्ये केही पदमा आवेदन जाव्हान गरेको सूचना प्रकाशित भएकोले उक्त सूचनामा विगत १ वर्ष देखि रिक्त रहेको सह-परीक्षा नियन्त्रक र सहायक डिनको विज्ञापन नगरेको हुँदा आफू अनुकूलको जुन जुन पदमा Match Fixing गरेको छ सो पदमा मात्रै विज्ञापन प्रकाशित गरेको हामीलाई महसुस भएको छ । सो सम्बन्धमा विश्वविद्यालयमा हालसम्म रिक्त रहेका सम्पूर्ण पदका लागि आवेदन आव्हान गर्नुपर्ने र पदाधिकारी नियुक्तीका लागि बनाइएको कार्यविधिलाई वैज्ञानिक एवं विश्वविद्यालय व्यवहारिक हुने गरी परिमार्जन गर्नुपर्ने । केही पदमा मात्र विज्ञापन गरेकोले २४ घण्टा भित्र उक्त विज्ञापनहरु स्थगित गरी आवश्यक सम्पूर्ण विज्ञापनहरु एकमुष्ट रुपमा पुनः प्रकाशन गर्नुपर्ने र कार्यविधि सच्याउनुपर्ने ।

२. विभिन्न क्याम्पसहरुलाई विश्वविद्यालयले दिएको सम्बन्धन सम्बन्धमा भएको सम्पूर्ण निर्णय एवम् विवरणहरु यवाशीघ्र रुपमा सार्वजनिक गरिनुपर्ने,

३. निवर्तमान रजिष्ट्रारको कार्यकालमा हुन नसकेको अवैधानिक भुक्तानी भनिए तापनि हाल आएर उक्त भुक्तानी के कति कारणले हुन गएको हो, यस सम्बन्धमा छानविन समिति गठन गरी सम्पूर्ण विवरणहरु सार्वजनिक गरिनुपर्ने।

४. सेमिष्टर प्रणालीलाई पूर्ण रुपमा व्यवस्थित गरी Odd Even प्रणाली यथाशीघ्र लागु गरिनुपर्ने । 
मागहरू ज्ञापनपत्रमा उल्लेख छ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>