Samriddhipost
२०८२ असार २५ गते बुधबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ असार २५ गते बुधबार

आज मालिकार्जुन शिखर धाम पूजन जात्रा

शैल्यशिखर पूजन जात्रा सुरु भएको छ । नेपाल र भारतका विभिन्न क्षेत्रबाट आएका वक्तालुहरू आज बिहानैदेखि शिखरधुराका लागि भक्तजनहरू अगाडि बढेको मालिकार्जुन मन्दिर विकास समितिका अध्यक्ष धिर्कसिंह धामीले जानकारी दिए ।
मालिकार्जुन गाउँपालिका–३ र शैल्यशिखर नगरपालिका–६ को सीमा क्षेत्रमा पर्ने शैल्यशिखरधाममा हरेक वर्ष असार शुक्लचतुर्दशी तिथि र कार्तिक शुक्लत्रयोदशी तिथीमा पूजन जात्रा लाग्ने गर्दछ । यस वर्षको असार शुक्लचतुर्दशी तिथि आज परेको छ। शुद्ध (चोखो) भोको र पवित्र मनले शैल्यशिखरबाबाको दर्शन गर्नाले पूण्य मिल्ने, मनोकामना पूरा हुने र निसन्तानीलाई सन्तान प्राप्त हुने जनविश्वास समेत छ ।
सुदूरपश्चिम प्रदेशको दार्चुला, बैतडी, डडेल्धुरा, बझाङ, कैलाली, कञ्चनपुर लगायतका जिल्ला र भारतको उत्तराखण्डको धारचुला, डिडिहाट, मुन्स्यारी, पिपली, अस्कोट चम्पावत, र पिथौरागढबाट समेत श्रद्धालु भक्तजन आउने गर्दछन् । मालिकार्जुन मन्दिरलाई नेपाल सरकारले २०६५ सालमा देशकै सातौँ धामका रूपमा घोषणा गरेको थियो । जात्राको अवसरमा यहाँका शैल्यशिखर नगरपालिका र मालिकार्जुन गाउँपालिकाले स्थानीय बिदा समेत दिएका छन् ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>