Samriddhipost
२०८२ फागुन ०४ गते सोमबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ असार २५ गते बुधबार

भीमदत्तका ७० विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान

भीमदत्त नगरपालिकाले विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ। भिमद्त नगरपालिकाभित्र रहेका विभिन्न वर्गका विभिन्न विद्यालयका ७० जना गरिब, जेहनदार तथा विपन्न छात्रछात्राहरुलाई शैक्षिक सामग्री वितरण गरेको भीमदत्त नगरपालिकाकी नगर उप प्रमुख निलम लेखक जोशीले बताएकी छन्। 

 वितरण गरिएको शैक्षिक सामग्रीले विद्यार्थीहरूलाई पढाईमा उत्प्रेरणा र केही राहत पुग्ने उद्देश्यका साथ शैक्षिक सामग्री बितरण गरिएको भीमदत्त नगरपालिकाका शिक्षा शाखा प्रमुख हरि दत्त जोशीले बताएका छन्।   भीम दत्त नगरपालिका भित्र रहेका सामुदायिक विद्यालयका ७० जना गरिब ,जेहनदार तथा विपन्न वर्गका विद्यार्थीहरूलाई झोला, कापी, डटपेन, औजार बाकस, टिफिन,  र पानी बोतल लगायत शैक्षिक सामग्री वितरण गरिएको  शाखा प्रमुख जोशीले बताए। 
नगरपालिकाभित्र ५५ वटा सामुदायिक विद्यालयहरू रहेका छन् अहिले हामिले केही विद्यालयका जेहनदार ,गरिब तथा विपन्न  विद्यार्थीहरूलाई २ लाख बराबरको  शैक्षिक सामग्री वितरण गरेका छौं बाँकी रहेका विद्यालयहरुका छात्र छात्राहरूलाई  केहि समय शैक्षिक सामग्री वितरण गरिने योजना रहेको  उप प्रमुख निलम लेखक जोशीले बताइन् लक्ष्मी मावि बागफाटाका प्रधानाध्यापक परमानन्द नाथले विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएकोले विद्यार्थीहरूको मनोबल उच्च र हौसला बढ्ने र विद्यार्थीहरूलाई केही राहत पुग्ने भन्दै उपप्रमुखलाई धन्यवाद दिएका छन्  नाथले भने उपप्रमुख शिक्षा , सामाजिक सेवा लगायत विकासका काममा कटिबद्ध  रहेकाे  उनकाे भनाई रहेकाे छ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>