Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ असार २५ गते बुधबार

बर्खा लागेसँगै महाकाली नदी नजिकका स्थानीय बासिन्दाहरु तर्सित

आँचल पाल्पाली

बर्खा लागेसँगै महाकाली किनारका स्थानीय त्रसित हुन थालेका हुन् ।
 कंचनपुरको दोधारा चादनी स्थित कुतियाकबरमा महाकाली नदि र जोगबुडा नदी बढेर आउदा स्थानीयहरु वर्सेनि कटान र डुबानको सामना गर्नुपरेको छ। बर्खा लागेसँगै कुन दिन फेरि डुबान र कटानमा परिन्छ भनेर त्रर्सित हुने गरेका छन ।

 हरेक बर्ष बाढीले आफू हरुको घर सम्म बगाउने स्थिति आउने गरेको कंचनपुरको दोधारा चादनी कुतियाकबरका आकृति कसेराले बताउनु भयो । आफुहरुलाई हरेक बर्ष यसरी कटान र डुबानको दु:ख कष्ट पर्दा पनि सरकारले दीर्घकालीन समस्या समाधान नगरिदिएको भन्दै उहाले दुख व्यक्त गर्नु भयो । 
यस्तै बर्सेनि बाढीकै कारण आफुहरुलाई खान लाउन समेत समस्या हुने गरेको अर्का स्थानीय दानबिर लुहारले बताउनु भयो । हरेक बर्ष बाढीकै कारण आफूहरुले पीडा भोग्नु परेको भन्दै स्थानीय बासिन्दाहरुले स्थानीय सरकार प्रती आक्रोश समेत व्यक्त गरेका छन् । 
यस्तै कंचनपुरको भीमदत्त नगरपालिका भुजेलाका महाबिर सुनार हरेक बर्ष जल मग्न भई घरको सारा अन्नबालिमा नोक्सानी हुने गरेको बताउनु भयो । महाकाली नदि नजिक  बाढीको कारण समस्यामा आउने स्थानीय हरुको अहिले गृहमन्त्री समेत आफ्नै क्षेत्रका ब्यक्ति भएकाले आफुहरुले यस पटक आफुहरुले यस्तो दुःख भोग्नु नपर्ने आशा राखेका छन । साथै उनिहरुको समयमै आफ्नो उचित ब्यवस्थापन समेत हुने बिश्वास रहेको छ । अहिले देशभर भारी बर्षातका कारण धेरै क्षेत्र हरु डुबानमा परिरहेको छन ।
कञ्चनपुर स्थित महाकाली नदीको  दोधारा र भीमदत्तको केही भाग विपद घोषणा गरेर भुजेलामा नेपाली सेनाले काम सुरु गरेको छ। तोकिएका अरु क्षेत्रमा पनि विपद हुने अवस्था भएपछि नेपाली सेनाले काम गर्ने नेपाल सरकारले बताएको छ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>