Samriddhipost
२०८२ पुष १७ गते बिहिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ असार २६ गते बिहिबार

भुक्तानी गर्न भनी हिँडेका थलङ्का हाकिम सहित सात कर्मचारी बेपत्ता

रोल्पाको विकट थबाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित सात कर्मचारी सम्पर्कविहीन भएका छन् । आर्थिक वर्षको अन्त्यमा कार्यालयको भुक्तानीका लागि आवश्यक पर्ने वन टाइम पासवर्ड (ओटीपी) लिन छिमेकी जिल्ला रुकुम पूर्व गएको टोली दुई दिनदेखि गायब भएको हो  ।
गाउँपालिकाका अध्यक्ष ऋषिकेशव बुढा मगरका अनुसार प्रमुख प्रशासकीय अधिकृत हेमराज घर्तीमगर नेतृत्वको टोली २४ असार बिहान ७ बजेदेखि सम्पर्कमा नआएको जानकारी दिएका छन् । विज्ञप्ति अनुसार प्रमुख प्रशासकीय अधिकृत घर्तीमगरले २३ असार राति नै भुक्तानी प्रयोजनका लागि ओटीपी लिन रुकुम पूर्व जान लागेको जानकारी गराएका थिए । 
गाउँपालिकाको कार्यालय रहेको स्थानमा मोबाइल नेटवर्कले राम्रोसँग काम नगर्ने भएकाले अनलाइन भुक्तानी प्रणालीका लागि आवश्यक ओटीपी लिन कर्मचारीहरू टावर टिप्ने डाँडा वा नजिकैको जिल्लासम्म जानुपर्ने बाध्यता छ ।
सम्पर्कविहीन हुने टोलीको नेतृत्व प्रमुख प्रशासकीय अधिकृत हेमराज घर्तीमगरले गरेका थिए । टोलीमा सहायक प्रशासन पाँचौ तहका हरिश माझी, सह-लेखापाल यज्ञ प्रसाद कँडेल, सब-इन्जिनियरद्वय चन्द्रप्रकाश वली र निशा आचार्य, खा.पा.स.टे. शिव कुमार वली तथा सवारी चालक प्रदिप केसी रहेको गाउँपालिकाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
“कार्यालयको तर्फबाट सम्पर्क गर्दा सबैको मोबाइल अफ रहेको र खोजी कार्य गर्दा रुकुम पूर्वमा समेत नभेटिएकाले कार्यालयको कामकाजमा समस्या भएको छ,” विज्ञप्तिमा भनिएको छ । गाउँपालिकाले सम्पर्कविहीन कर्मचारीलाई यथाशीघ्र सम्पर्कमा आउन आग्रह गरेको छ भने उनीहरूका बारेमा जानकारी भएमा पालिकामा खबर गरिदिन सर्वसाधारणलाई अनुरोध गरेको छ । 
प्रमुख प्रशासकीय अधिकृतसहित महत्त्वपूर्ण जिम्मेवारीमा रहेका कर्मचारी एकैसाथ सम्पर्कबाहिर रहँदा आर्थिक वर्षको अन्त्यमा हुने भुक्तानी तथा अन्य प्रशासनिक काम पूर्ण रूपमा ठप्प भएको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>